गठबन्धनलाई पराजित गर्दै जुम्लाबाट राप्रपाका ज्ञानेन्द्र शाही विजयी


८ मंसिर २०७९, बिहीबार
Gyanendra Shahi 1

जुम्ला । जुम्लामा राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञान बहादुर शाही (ज्ञानेन्द्र) विजयी भएका छन् । नेकपा माओवादी केन्द्रकी गोमा गौतम (कुँवर) लाई पराजित गर्दै शाही विजयी भएका हुन् ।

राप्रपाका शाहीले २२ हजार ८ सय १९ मत प्राप्त गरी माओवादीकी गौतमलाई हराएका हुन् । माओवादीकी गौतमले ११ हजार ९ सय ५९ मत ल्याइन् । एमालेका रतननाथ योगीले ६ हजार ५ सय २८ मत ल्याएर तेस्रो भए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७