एमाले रुपन्देहीले भन्यो–पूर्वाधार नभएको ठाउँमा प्रदेश राजधानी लैजानु गलत


१८ मंसिर २०७९, आईतवार
amale 1

बुटवल । नेकपा एमाले रुपन्देहीले लुम्बिनी प्रदेश राजधानी दाङमा तत्काल नसार्न आग्रह गरेको छ । हाल बुटवल रहेको राजधानी दाङको भालुवाङ सार्न लागिएकोप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको एमालेले विना पूर्वाधार राजधानी तत्काल दाङ नसार्न भनेको हो ।

सस्तो लोकप्रिययताका लागि भालुवाङ राजधानी सार्न थालिएको आरोप लगाउँदै एमालेले तत्काल राजधानी सार्ने काम रोक्न आग्रह गरेको छ ।

एमाले रुपन्देही अध्यक्ष तेजेन्द्र केसीले आइतबार विज्ञप्ति जारी गरेर राजधानी सार्ने काम रोक्न आग्रह गरेका हुन् । राजधानी भालुवाङ सार्ने तयारी स्वरुप सरकारले बुटवलबाट विभिन्न कार्यालयहरू सार्न थालेपछि एमालेले आपत्ति जनाएको हो ।
प्रदेशसभा नयाँ जनप्रतिनिधि निर्वाचित भइसकेको अवस्थामा अहिले राजधानी सार्ने काम उचित नभएको भन्दै एमालेले प्रदेशमा बन्ने नयाँ सरकारले यसबारे काम गर्नुपर्ने जिकिर गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७