एमाले सचिवालय बैठक अन्तिम समयमा स्थगित
काठमाडौं । समानुपातिक सांसद छान्नका लागि आज (शुक्रबार) बस्न लागेको नेकपा एमालेको सचिवालय बैठक अन्तिम समयमा स्थगित भएको छ ।
प्रतिनिधिसभा प्रत्यक्षतर्फ ४४ सिट जितेको एमालेले समानुपातिकतर्फ ३४ सिट प्राप्त गरेको छ । समानुपातिका सिटमा पठाउने नाम छनोटका लागि एमालेको बैठक बस्न लागेको थियो । अध्यक्ष केपी शर्माको ओलीको निवास बालकोटमा दिउँसो १ बजे बस्न लागेको बैठक स्थगित भएको जानकारी एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले दिए ।
यो बैठकमा समानुपातिकतर्फका सांसद छनोट, निर्वाचन समीक्षालगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने तयारी थियो । निर्वाचन आयोगले बुधबार राजनीतिक दलहरूलाई पत्र पठाउँदै समानुपातिकतर्फका सांसदको नाम पठाउन निर्देशन दिइसकेको छ ।