बिना निष्कर्ष सकियो सत्ता गठबन्धनको बैठक, भोलि फेरि बस्ने
काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठक बिना निष्कर्ष सकिएको छ । सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार भोलि पुनः बैठक बस्ने गरी आजको बैठक सकिएको हो ।
आगामी दिनमा कसरी जाने भन्नेबारेमा आजको बैठकमा छलफल हुने उनले बताए । कार्कीका अनुसार भोलि बिहान बैठक बसेर निर्णय लिइनेछ । उनले सत्ता गठबन्धनकै नेतृत्वमा सरकार बन्ने पनि बताए । बालुवाटारमा बसेको गठबन्धनको बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै कार्कीले नयाँ सरकार गठनका लागि गठबन्धनभित्र कुनै विवाद नरहेको दावी गरे ।
उनले जनताको अभिमतलाई सम्मान गर्दै गठबन्धनको सरकार बनाउने सहमति भएको उल्लेख गर्दै कसले नेतृत्व गर्ने भन्ने विषय भोलि बस्ने बैठकले टुंगो लगाउने बताए ।