बालकोट हिंडेका प्रचण्ड खुमलटार मोडिए
काठमाडौं । सत्ता गठबन्धनको वैठकबाट बाहिरिए नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहाल ‘प्रचण्ड’ एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा जाने तयारीमा छन् । नेकपा टुटेपछि पहिलो पटक प्रचण्ड बालकोटमा जान लागेका हुन् । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गरी सहमतिमा नपुगेपछि प्रचण्ड नयाँ सरकार गठनको विषयलाई लिएर ओली निवास बालकेट जान लागेका हुन् ।
तर बालकोट आउँछु भनेर बालुवाटारबाट बाहिरिँएका प्रचण्ड खाना खाएर आउँछु भनेर आफ्नै निवास खुमलटार मोडिएका छन् । हिजो माओवादीका नेताहरुसँग एमालेका नेताहरुले गठबन्धन तोडेर नआएसम्म छलफलमा नबस्ने भनेसँगै आज प्रचण्डले गठबन्धनसँगको सम्बन्ध तोडेर नै ओलीलाई भेट्न बालकोट पुग्ने तयारीमा छन् ।
आज बसेको सत्ता गठबन्धनको वैठकमा सहमति नजुटेपछि प्रचण्ड वैठकबाट बाहिरिएका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा २ बमोजिम सरकार बनाउने दाबेदारी दिन आज साँझ ५ बजेसम्मको समय दिएकी छिन् ।