अहिले हामी सरकारमा जाँदैनौं : अध्यक्ष नेपाल


३० पुष २०७९, शनिबार
madhav nepal
फाइल फोटो

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले तत्काल सरकारमा जाने कुरा सम्भव नभएको बताएका छन् ।

पार्टीको रौतहट–काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा आयोजना गरेको सम्मान कार्यक्रममा अध्यक्ष नेपालले सरकार गठनको कुनै पनि प्रक्रियामा आफूहरू सहभागी नभएको र अहिले सरकारमा जाने कुरा पनि सम्भव नभएको स्पष्ट पारेका हुन् ।
उनले सरकारले अघि सारेका कार्यक्रमलाई हेरेर शर्तसहित प्रधानमन्त्रीलाई विश्वासको मत दिएको धारणा राखे । परिस्थितिमा परिवर्तन भएर आफूहरूको आवश्यकता भए सरकारमा जान सकिने तर अहिले नै त्यस्तो कुनै तयारी नभएको उनको भनाइ छ ।

उनले संसद विघटन गरिन्छ कि भन्ने आशंका जन्मिएको भन्दै संविधानमा नै नभएको कुरालाई गर्ने आँट कसैले गर्न नहुने आफ्नो सुझाव रहेको बताएका छन् । उनले सत्ता र पावरले मान्छेलाई घमण्डी बनाउने भएकाले विनम्रतापूर्वक लाग्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई सुझाव दिए । अध्यक्ष नेपालले घनश्याम भुसाल पार्टीमा आएपछि उत्साहित बनेको र अरूलाई पनि आउने वातावरण तयार भएको बताएका छन् ।

उनले समानुपातिकमा सन्तोषजनक मत नआए पनि प्रत्यक्षतर्फ राम्रो परिणाम आएकाले निर्वाचनको परिणामका कारण हरेस खानुपर्ने अवस्था नरहेको पनि बताए । अध्यक्ष नेपालले पार्टीलाई सशक्त रुपमा अघि बढाउनका लागि जनतमाझ जान कार्यकर्तालाई निर्देशन दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७