राष्ट्रियसभा उपनिर्वाचन : ३०४ मत खस्यो, केहीबेरमा मतगणना थालिने


२५ माघ २०७९, बुधबार
Upnirbachan dang scaled

दाङ । लुम्बिनी प्रदेशको राष्ट्रियसभा उपनिर्वाचन अन्तर्गत मतदान सकिएसँगै आजै (बुधबार) नै मतगणना हुने भएको छ । घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा १० बजेदेखि शुरु भएको मतदान दिउँसो ३ बजे सकिएको हो ।

राष्ट्रियसभा सदस्यबाट रुपन्देहीका खिमलाल भट्टराईले राजीनामा दिएपछि सो स्थानमा आज उपनिर्वाचन भएको हो । निर्वाचनमा प्रदेशसभा सदस्य र स्थानीय तह प्रमुख र उपप्रमुखहरुले अहिले मतदान गरेका छन् ।

लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरका अनुसार मतदान सकिएसँगै मुचुल्का उठाएर मत गणना थालिने छ । कुल मतदाता संख्या ३०५ रहेको लुम्बिनीमा प्रदेश सांसद ८७ र पालिका प्रमुख तथा उपप्रमुख २१८ जना रहेका थिए । तीमध्ये नेपाल प्रगतिशिल पार्टीका आशा सिंह, मर्चवार गापाका उपाध्यक्ष मतदानमा अनुपस्थित भइन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७