राष्ट्रपतिको परराष्ट्र सल्लाहकारमा चालिसे र निजी सचिवमा अधिकारी


३० फाल्गुन २०७९, मंगलवार
Ramchandra poudel 2 1 scaled

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले परराष्ट्र सल्लाहकारमा डा. सुरेश चालिसे र निजी सचिवमा चिरञ्जीवी अधिकारीलाई नियुक्त गरेका छन् । राष्ट्रपति पौडेलले आज (मंगलबार) चालिसेलाई परराष्ट्र सल्लाहकार र अधिकारीलाई निजी सचिवमा नियुक्त गरेका हुन् ।

पूर्व राजदूत समेत रहेका चालिसेले आफू राष्ट्रपतिको परराष्ट्र सल्लाहकारमा नियुक्त भएको जानकारी गराए । राष्ट्रपतिको पदभार ग्रहण गरेको दोस्रो दिन पौडेलले दुई जना नियुक्त गरेका छन् । यही फागुन २५ गते राष्ट्रपतिमा निर्वाचित पौडेलले सोमबार शपथ ग्रहण गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७