घट्यो सुनको भाउ, तोलाको कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनको भाउ तोलामा आठ सय रुपैयाँले घटेको छ । आज सुनको भाउ तोलामा १ लाख ९ हजार २ सय रुपैयाँमा झरेको छ ।
हिजो तोलामा १ लाख १० हजार रुपैयाँ थियो । अन्तर्राष्ट्रिय बजार अस्थिर रहेकाले भाउ घटबढ भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताए । आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँ घटेर आज १ हजार ३ सय ६५ रुपैयाँमा किनबेच भइरहेको महासङ्घले जनाएको छ ।