मस्को जाने हवाई यानमाथि गोली हानाहान


१७ जेष्ठ २०८०, बुधबार
20233031502 t1hcc7rg airplane generic

काठमाडौं । मस्को जाँदै गरेका थुप्रै मानवरहित हवाई यानहरूमा रुसको राजधानी नजिकै गोली हानाहान भएको छ ।
मस्कोका गभर्नर एन्ड्री वोरोबियोभलाई उद्धृत गर्दै तासले जनाएको छ, ‘मंगलबार बिहान मस्को क्षेत्रका केही जिल्लाका बासिन्दाहरूले विस्फोटको आवाज सुने–जुन हाम्रो हवाई सुरक्षा सञ्चालनमा थियो ।

मस्को जाने बाटोमा थुप्रै ड्रोनहरू खसालिएका थिए ।’ वोरोब्योभले मस्को क्षेत्रका बासिन्दाहरूलाई संयमित रहन आग्रह गर्दै सबै आपतकालीन एकाइहरू सञ्चालनमा रहेको र घटनाको थप विवरण सार्वजनिक गरिने जानकारी दिएका छन् । यसैबीच मस्कोका मेयर सर्गेई सोब्यानिनले ड्रोन आक्रमणपछि दुई व्यक्तिलाई चिकित्सकको निगरानीमा राखिएको बताएका छन् ।

यद्यपि ड्रोन आक्रमणपछि कसैलाई पनि गम्भीर चोटपटक लागेको र अस्पताल पुर्‍याइएको भने छैन । उनले घटनास्थलमा आपतकालीन सेवा र एम्बुलेन्सका केही टोली भने खटाइएको बताए । यसैगरी आफ्नो टेलिग्राम च्यानल पोस्टमा मस्कोका मेयरले नगरपालिका चिकित्सा सेवाहरूबाट प्राप्त जानकारी अनुसार मानवरहित हवाईयानद्वारा क्षतिग्रस्त भवनहरूका बासिन्दाहरू मध्ये कुनै पनि गम्भीर घाइते भएको उल्लेख गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७