एमालेको अवरोधले राष्ट्रिय सभा बैठक पनि स्थगित


२१ जेष्ठ २०८०, आईतवार
Bhairab Sundar Shrestha

काठमाडौं । नागरिकता विधेयक प्रमाणीकरणको विरोध गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले राष्ट्रिय सभा बैठक पनि अवरुद्ध पारेको छ ।

आज (आइतबार) बैठक सुरु भएलगत्तै बोल्ने समय माग गरेपछि राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेकपा एमालेका सांसद भैरव सुन्दर श्रेष्ठलाई बोल्ने समय दिएका थिए । नागरिकता विधेयक प्रमाणीकरणको प्रक्रियाप्रति आपत्ति जनाउँदै उनले सरकारले जवाफ दिनुपर्ने माग राखे ।

राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले यथास्थानमा बसिदिन आग्रह गर्दा पनि सांसदहरु नबसेपछि २९ मिनेटका लागि बैठक स्थगित भएको जानकारी गराए । प्रतिनिधि सभाको बैठक पनि नेकपा एमाले, रास्वपा र राप्रपाका सांसदहरुको अवरोधका कारण एक घण्टाका लागि स्थगित गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७