लोकसेवा पास भए वडाध्यक्ष : अमिनमा निकाले नाम, अब गर्ने गर्छन् ?
सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१४ का वडाध्यक्ष देवबहादुर रोकायाले लोकसेवा आयोगले लिएको अमिन परीक्षामा नाम निकालेका छन् ।
०७९ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित रोकायाको अमिनमा नाम निस्किएको हो । तर, उनले जनताको मतको कदर र सम्मान गर्दै पाँच वर्ष जनताको सेवामै खटिने सोंच बनाएको बताएका छन् ।