गोर्खाज फाइनान्सद्वारा न्यूरोडमा शाखा स्थानान्तरण
काठमाडौंः गोर्खाज फाइनान्स लिमिटेडले पुतली सडकमा रहेको आफ्नो शाखालाई न्युरोड गेटमा स्थानान्तरण गरी असार १५ गतेबाट संचालनमा ल्याएको छ । शाखाको औपचारीक उद्घाटन फाइनान्सका अध्यक्ष महेन्द्रलाल राईले एक समारोहकाबीच गरे ।
उक्त कार्यक्रममा भक्तपुरको दुधपाटीमा रहेको शाखा सूर्यविनायक चोकमा र झापाको धुलाबारीमा रहेको शाखा बिर्तामोडमा यहि महिना भित्र स्थानान्तरण गरी सेवागा्रहीहरुलाई आफ्नो वित्तिय सेवा दिने जानकारी गराइएको थियो । गोर्खाज फाइनान्स लि. गोर्खा डेभलमेन्ट बैंक र काठमाडौं फाइनान्स गाभिएर बनेको संस्था हो । मर्जरपछि फाइनान्सको चुक्ता पूंजी रु. ५७.८६ करोड, निक्षेप रु. २२५ करोड तथा कर्जा रु. २३९ करोड रहेको विज्ञप्तिमा जनाएको छ । काठमाण्डौको चारखालरोडमा मुख्य शाखा रहेको फाइनान्सको अन्य ९ वटा शाखा कार्यालयहरु रहेका छन् ।