अस्वीकृत जोशी भोलिदेखि बिदामा बस्ने

ओमप्रकाश मिश्र पेश तोक्ने


१९ श्रावण २०७५, शनिबार
Deepak Raj jhosi
दीपकराज जाेशी ।
काठमाडौं, १९ साउन । संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा अस्वीकृत गरेको कामु प्रधानन्यायाधीश दीपकराज जोशी भोलिदेखि बिदामा बस्ने भएका छन् । जोशी बिदामा बसेपछि वरिष्ठतमको आधारमा न्यायाधीश ओमप्रकाश मिश्रले सर्वोच्चका पेशी तोक्नेछन् ।जोशी भोलिबाट बिदामा बस्न लागेको सर्वोच्च अदालतका सञ्चारविज्ञ किशोर पौडेलले जानकारी दिए । जोशीले राष्ट्रपति विद्या भण्डारीलाई बिदाबारे जानकारी गराउने तयारी गरेका छन् ।
Deepak Raj jhosi
दीपकराज जाेशी ।
संसदीय सुनुवाइ समितिले इतिहासमै शुक्रबार पहिलोपटक प्रधानन्यायाधीशका लागि प्रस्तावित व्यक्तिलाई अस्वीकृत गरेको हो । संवैधानिक परिषद्ले डेढ महिनाअघि जोशीलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो । जोशीका शैक्षिक प्रमाणपत्रहरू शंकाको घेरामा रहेको, जन्ममिति फरक–फरक पाइएको, सार्वजनिक आचरण र विगतका कामकारवाहीको आलोचना भएको भन्दै समितिको शुक्रबारको बैठकले जोशीलाई प्रधानन्यायाधीशमा स्वीकार नगर्ने निर्णय गरेको हो ।संसदीय समितिले न्यायलयको उच्चतम तहमा जिम्मेवारी दिनका लागि योग्य ठहर नगरेपछि न्यायाधीशकै रुपमा कार्यसम्पनमा फर्कने वा नर्फने बारेमा व्यापक चासो हुदै आएको छ ।न्यायपरिषद्ले संवैधानिक परिषद्मा रोलक्रमअनुसार सर्वोच्च अदालतका तीन न्यायाधीशको नाम पठाएको थियो । जसमा जोशी, ओमप्रकाश मिश्र र चोलेन्द्र शमशेर जबराको नाम थियो । जोशी नजाने भएपछि वरिष्ठतम्का आधारमा मिश्रले पेशी तोक्नेछ । न्यायाधीश मिश्रको कार्यकाल आउने २०७५ पुस १६ गतेसम्म छ । त्यसपछि उनले उमेरहदका कारण अवकाश पाउने छन् । सर्वोच्च अदालतको न्यायाधीशले ६५ वर्ष उमेर पुगेपछि अवकाश पाउने व्यवस्था छ । न्यायाधीश राणाको कार्यकाल भने २०७९ साल मंसिर २८ गतेसम्म छ ।जोशीले राजीनामा भने नदिने बताएका छन् । तर, जोशीले राजीनामा दिनु बुद्धिमानी हुने पूर्वप्रधानन्यायाधीशहरूको सुझाव दिएका छन् । जोशीले नैतिक रुपमा राजीनामा राम्रो हुने पूर्वप्रधानन्यायाधीश अनुपराज शर्माको भनाई छ । उनले सञ्चार माध्यमलाई भनेका छन्, ‘उहाँलाई प्रधानन्यायाधीशमा संसद्ले अनुमोदन नगरेकाले कामु प्रधानन्यायाधीशका हैसियतले समेत अब पेसी तोक्न नैतिक र कानुनी संकट छ यस्तोमा उहाँले राजीनामा दिनु नै उचित हुन्छ, नत्र संसद्ले महाअभियोग लगाउने ठाउँ रहन्छ ।’अर्का पूर्वप्रधानन्यायाधीश रामप्रसाद श्रेष्ठ जोशीले राजीनमा बुद्धिमानी हुने बताउँछन् । उनले भने, “प्रधानन्यायाधीशका लागि अस्वीकृत भएको अवस्थामा जोशीजीलाई कामु भएर काम गरिरहन नैतिकताले दिँदैन । त्यसैले उहाँले राजीनामा दिनु बुद्धिमानी हुन्छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७