‘प्रकाण्ड’ लाई ५ दिन थुन्न अदालतको आदेश, उद्योगीसँग ‘७ करोड असुली’ गरेको आरोप


२३ श्रावण २०७५, बुधबार
prakanda usbqou0EWh

काठमाडौं, २३ साउन । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लाई जिल्ला अदालत काठमाडौंले ५ दिन थुनामा राख्न आदेश जारी गरेको छ ।

prakanda usbqou0EWh

प्रकाण्डलगायतका नेताले व्यापारीसँग ७ करोड रुपैयाँ चन्दा असुलेको प्रहरीले जनाएको छ । विभिन्न व्यवसायीलाई धम्काएर चन्दा असुलेकाले उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसरद्वारा जारी बिज्ञप्तीमा जनाइएको छ ।

परिसरका डिएसपी मोहन थापाका अनुसार प्रारम्भिक अनुसन्धानमै उनीहरुले ७ करोड असुलको खुलेको छ । पक्राउ परेका प्रकाण्डसहितका नेतालाई थुनामा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले ५ दिनको म्याद दिएको छ । प्रकाण्ड पूर्व मन्त्री समेत हुन् । उनीसहित मनबहादुर श्रेष्ठ र हरिचन्द्र आचार्य ‘विमर्श’ लाई प्रहरीले चाल्नाखेलबाट आज पक्राउ गरेको हो ।

सो पार्टीका पोलिब्यूरो सदस्यहरु मोहन कार्की, कृष्ण धमला, ओमप्रकाश पुन र पदम राईसहितका नेताहरुलाई पनि पक्राउ गरी प्रहरीले मुद्दा अघि बढाएको छ । सो पार्टीका नेता विप्लवलाई पनि प्रहरीले वारेन्ट जारी गरेको छ । विप्लव फरार छन् । नेत्र बिक्रम चन्द ‘विप्लव’ नेकपाले प्रकाण्ड पक्राउको विरोधमा आन्दोलन तथा बन्द गर्ने चेतावनी दिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७