यसरी हुन्छ पोर्न फिल्मको सुटिङ, यी १० रहस्यले बनाउनेछ तपाईलाई चकित


१७ मंसिर २०७५, सोमबार
Female Porn

काठमाडौं, १७ मंसिर । यौनका बारेमा सबै ब्यक्ति जिज्ञासु हुन्छन् । यौन सम्बन्धि जिज्ञासा अन्त्य गर्न अहिले विभिन्न प्रविधि समेत छन् । पोर्न साइटलाई पनि एउटा माध्यम मान्न सकिन्छ ।

Female Porn

हाम्रो जस्तो मुलुकमा आजकल पोर्न साइट भिजिट गर्नेहरुको संख्या पनि बढ्दो क्रममा छ । तर अहिले पोर्न साइटमाथि विभिन्न देशको सरकारले प्रतिबन्ध लगाउँदै आएको छ । नेपालले पनि पोर्न साइटमा प्रतिबन्ध लगाएको छ ।

धेरै युवा युवतीले लुकी लुकी पोर्न साइट हेर्ने गर्छन । तर तर, विभिन्न साइटमा पाइने अश्लील फिल्मको ुुटिङ पक्कै देख्नु भएको छैन । यस्तो साइटमा राखिने त्यस्ता फिल्म कसरी सुटिङ्ग गर्छन् होला भन्ने कुराको जिज्ञासा पनि तपाईको मनमा आएको हुनसक्छ । पोर्न फिल्म कसरी बन्छ भन्नेबारे हामी तपाईलाई जानकारी दिन गइरहेका छौं ।

सबै प्रकारको फिल्म सुटिङ्ग गर्न पनि लोकेशनले सबैभन्दा महत्वपूर्ण भूमिका हुन्छ । त्यसैले पोर्न साइटको फिल्मको लागि पनि लोकेशनको उत्तीकै महत्व हुन्छ । चाहे सामान्य फिल्म होस् या पोर्न फिल्म होस्, यसका लागि एक स्तरीय सेट चाहिन्छ ।

पोर्न फिल्मको सेट रंगीन र आकर्षक पनि हुन्छ । सबैभन्दा पहिले तपाईलाई यो बताउँछौं कि पोर्न फिल्मको सेट कसरी बनाइन्छ भन्ने । पोर्न फिल्ममा महिलाले पनि क्यामेरा पर्सनको काम गर्छिन् ।

सबै फिल्मको लागि आवश्यक भए जस्तै पोर्न फिल्मको लागि पनि स्क्रिप्ट लेखिन्छ । हामीले सजिलै कल्पना गरे जस्तै जोडीलाई सिधै बेडमा सुताइन्न् । कलाकारहरुलाई सिकाइन्छ कि सिन कसरी सूट गर्ने र कुन प्रकारको एक्प्रेसन दिने भन्ने ।

पोर्न फिल्ममा केटा र केटीबीच भएको सेक्सलाई मात्र देखाइँदैन् । एक्प्रेसन पनि महत्वपूर्ण पाटो हो । समलैंगिक सेक्स या होमो र लेस्बियन सेक्सलाई पनि सामेल गरिन्छ । यस सेटमा पनि सोही प्रकारको सुटिङको प्रक्रिया अपनाइन्छ ।

लाइटिङमा पूरा ध्यान
पोर्न फिल्महरुमा लाइटिङलाई सबैभन्दा बढी ध्यान दिइन्छ । किनकी, लाइटिङको एंगल गलत भएमा पूरै सिन डामाडोल हुन्छ ।

पोर्न फिल्म खेल्ने नायक नायिकाको पहिरन, लाइट र लोकेशन सबै कुरा मिलाउन अति नै आवश्यक छ । सिन अगाडि नै अभिनेत्री गाउन पहिरिएर तयार हुन्छिन् । यसमा भिजुअल इफेक्ट्सको पनि प्रयोग गर्ने गरिन्छ ।

अन्य फिल्म सुटिङ्ग जस्तै सिन सूट हुनुअघि अभिनेतासँग अलग पोजिशनमा सिनको एंगल परीक्षण गरिन्छ । त्यसैबेला सिनको बेला कस्तो लुक दिने भन्ने पनि बुझाइन्छ ।

केही पटक मात्र फोटोसूट हुन्छ । जसमा केवल एक व्यक्ति मात्र अभिनेत्री अभिनेतासँग हुन्छन् । र, एक महिला क्यामेरा पर्सन पनि त्यहीँ हुन्छिन् । यस प्रकारको फिल्मलाई पनि त्यसरी नै सावधानीपूर्वक सूट गरिन्छ जसरी हलमा रिलिज हुने फिल्म तयार पारिन्छ ।

पोर्न उद्योगका यी हुन् १० रहस्य
कसैलाई मन परोस् वा नपरोस् पछिल्लो समय पोर्न फिल्म उद्योग फैलिँदै गइरहेको छ । यो पेशामा पैसा निकै धेरै छ । ट्रेन्डिङ बज नामक वेबसाइटले भने यो उद्योगका केही गोप्य रहस्यहरु खोल्ने प्रयास गरेको छ जसको बारेमा आम मानिसलाई जानकारी छैन ।

१) पोर्न फिल्मका अधिकांश पोर्नस्टारहरु पढाइका डिग्री होल्डर हुन्छन् । पोर्न फिल्म उद्योगमा पोर्नस्टारहरु कुनै बाध्यतामा यो पेशामा आएका होइनन् । पोर्नस्टारहरु ग्रयाजुएशन मात्र होइन मास्टर्स डिग्रीसम्म पढेका हुन्छन् ।

२) पोर्न भिडियो सुटिङ गर्न निकै धेरै समय लाग्छ । कुनै भिडियो ३० सेकेण्डको छ भने पनि त्यसलाई २० रिटेकपछि मात्र ओके गरिन्छ ।

३) सामान्य फिल्म उद्योगमा पुरुष कलाकारले धेरै पारिश्रमिक लिन्छन् तर पोर्न फिल्म उद्योगमा भने महिला कलाकारले धेरै पारिश्रमिक लिन्छन् ।

४) पोर्नस्टारले भिडियोमा लगाउने कपडा निकै महंगा हुन्छन् । केही पोर्नस्टारले त भिडियो सुटपछि यी कपडा अनलाइन बेच्छन् ।

५) पोर्न उद्योगमा काम गर्नको लागि प्रवेश पाउनु सानोतिनो परिश्रमको कुरा होइन । यहाँसम्म पुग्नका लागि कैयौं कागजी प्रक्रिया पूरा गर्नुपर्छ ।

६) पोर्नस्टारहरु दैनिक कामकाजका लागि बाहिर जाँदा भीडमा मान्छेहरु उनीहरुलाई चिन्छन् । केहीलाई त यसरी चिन्दा कुनै समस्या हुँदैन तर केहीसँग भने मानिसहरु दुव्र्यवहार समेत गर्छन् ।

७) धेरैजसो पोर्न फिल्म प्रोडक्सन हाउसका मालिक महिलाहरु हुन्छन् । अस्ट्रेलियामा त लगभग सबैजसो पोर्न उद्योग महिलाकै हातमा छ ।

८) पोर्नस्टारहरु यो कामबाट बोर हुन्छन् । अधिकांश पोर्नस्टारहरु मन भुलाउन पोर्न फिल्मका अलावा अन्य काम पनि गर्छन् ।

९) धेरैजसो पोर्नस्टारहरु आफ्नो पोर्न भिडियो हेर्दैनन् । भिडियो सुटिङपछि सम्पादनका बेला अलिअलि ख्याल गरे पनि उनीहरुलाई आफ्नो भिडियो हेर्न मन पर्दैन ।

१०) एक पोर्नस्टारका अनुसार मानिसहरु यो कुरामा विश्वास समेत गर्दैनन् कि उनीहरु पोर्नस्टार हुन् । आफू पोर्नस्टार भएको खुल्लमखुल्ला बताउँदा पनि मानिसहरुले नपत्याएपछि उनीहरु अर्कै पेशा बताउँछन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७