२०७५ पुस १ गते आइतबारको तपाईको राशिफल


१ पुष २०७५, आईतवार

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
पछिका लागि खर्च गर्नुपर्ने समय छ । व्यवसायमा लगानी बढाउनु पर्ला । फाइदाका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ । स्वाभिमानका लागि लाभांश छोड्नुपर्ला । आकस्मिक खर्चले मन अत्तालिए पनि लामो यात्रा गर्ने अवसर जुट्ने छ । वैदेशिक यात्रा लाभदायक रहनेछ । तत्काललाई खर्च गर्नुपरे पनि मिहिनेतको प्रतिफल प्राप्त हुनेछ । कामका लागि दौडधुप गर्नुपर्ला ।

rasifal

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आम्दानीका विभिन्न स्रोत देखिए पनि सोचेको फाइदा नहुन सक्छ । लगानीतर्फ लागत बढ्ने छ । कामको राम्रै मूल्यांकन भए पनि प्रतिफल हातपार्न केही समय लाग्नेछ । आफ्नो लाभांशमाथि अरूले दाबी–विरोध गर्न सक्छन् । आरिस गर्नेहरूबाट सजग रहनुहोला । अरूको मुख ताक्ने बानीले पछि परिने छ । तापनि पछिका लागि गरिएको लगानीले अवश्यै फाइदा दिनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
केही समय लागे पनि कार्यसिद्धिको समय छ । काम गरेर दाम कमाउने अवसर प्राप्त हुनेछ । प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिने छ । दीर्घकालीन योजना बनाएर नयाँ काम प्रारम्भ गर्ने बेला छ । आफ्ना लागि जुटिदिने सहयोगीहरू फेला पर्नेछन् । कामको सन्दर्भमा प्रतिष्ठित व्यक्तिहरूसँग सहकार्य गर्ने अवसर जुट्ने छ । मिहिनेतले राम्रो प्रतिफल दिलाउन सक्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
मिहिनेत परे पनि भाग्यले साथ दिने हुँदा काममा सफलता मिल्नेछ । चुनौती र व्यवधानहरू भने देखा पर्नेछन् । शुभचिन्तकहरूको साथ प्राप्त हुनाले मिहिनेत गर्दा लक्ष्य प्राप्त गर्न सकिने छ । सामाजिक काममा रुचि बढ्ने छ । तर अरूका कामले अल्झाउन सक्छ । अस्वस्थताका बाबजुद कामको दायित्व बढ्ने छ । अभावको अवस्थाबाट माथि उठ्न निकै प्रयत्न गर्नुपर्ला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
खानपानको असावधानीले स्वास्थ्यलाई हानि गर्न सक्छ । आम्दानी रोकिनाले केही योजना स्थगन हुन सक्छन् । काम बिग्रने भयले पनि सताउने छ । पहिलेका समस्या दोहोरिनाले अलमलमा परिएला । गोपनीयता बाहिरिनाले पनि केही समस्या आइपर्न सक्छ । ठूलो भागको आशा राख्दा भएको वस्तु समेत गुम्न सक्छ । कमजोरीका बेला कामको चाप भने बढ्न सक्छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउने छ । उपहारले काममा उत्साह जगाउने छ । मित्रता र प्रेमको बन्धन कसिनेछ भने अतिथिको रूपमा सत्कार प्राप्त हुनेछ । आफन्तसँग रमाइलो भेटघाट हुनेछ । कामबाट आम्दानी भइरहनेछ । परिवारजनको साथले उत्साह जगाउने छ । अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ । सोखले खर्च भने बढाउन सक्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
मिहिनेतीहरूका लागि समय निकै उत्साहजनक रहनेछ । प्रतिस्पर्धामा विजयी भइनेछ भने द्वेष तथा आरिस गर्नेहरूले हार खानेछन् । पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिने छ । परिबन्धले केही समस्या निम्त्याउने हुँदा योजना गोप्य राखेर अघि बढ्नुहोला । मौका पर्खंदा स्थितिमा सुधार आउने छ । मिहिनेतले आँटेको काम बन्ने छ । आलोचकहरूलाई व्यवहारले समेट्नुहोला ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
अवसर प्राप्त भए पनि परिस्थिति सबै पक्षमा अनुकूल देखिन्न । स्वास्थ्यमा कमजोरी र काम रोकिने समस्याले सताउन सक्छ । तापनि हल्लाको पछि नलागी कर्मयोगमा जुट्नुहोला । प्रयत्न गरेका काम बिस्तारै सम्पादन हुनेछन् । शुभचिन्तकहरूले साथ दिनेछन् । चिताएका काम बिस्तारै भए पनि सम्पादन हुनेछन् । अध्ययनमा समय दिन नसकिए पनि आफ्नो प्रतिभाको कदर हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिने छ । बेसुरमा वचन दिने बानीले समस्या निम्त्याउने छ । अरूको फाइदाका लागि उपयोग भइनेछ भने आफ्ना लागि परिस्थिति प्रतिकूल रहनेछ । आरिस गर्नेहरूले काममा अवरोध गर्न सक्छन् । आफ्ना सामानमा अरूले दाबी गर्न सक्छन् । हिस्सेदारसँग असमझदारी बढ्नाले पहिलेको सम्झौता भंग हुन सक्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
चिताएका काममा बेलैमा योजना बनाएर प्रारम्भ गर्दा फाइदा हुनेछ । प्रतिस्पर्धीहरूले हार खानेछन् भने काममा मिहिनेतको फल प्राप्त हुनेछ । प्रयत्न गर्दा राम्रै अवसर जुट्ने छ । साथीभाइले राम्रै सहयोग जुटाउने छन् । पछिसम्म लाभ हुने काम प्रारम्भ हुनेछ । भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ होला । व्यापारमा मनग्गे धनलाभ हुनेछ । सेवामूलक कामबाट प्रतिष्ठा पाइने छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
परिबन्धले समस्या निम्त्याउने हुँदा योजना गोप्य राखेर अघि बढ्नुहोला । शुभचिन्तकहरूको सहयोग जुट्नेछ भने मौका पर्खंदा अप्ठ्यारो स्थितिमा सुधार आउनेछ । मिहिनेतले आँटेको काम बन्नेछ । आलोचकहरूलाई व्यवहारले समेट्ने प्रयास गर्नुहोला । अर्थ उपार्जनका विभिन्न स्रोतहरू फेला पर्नेछन् । समाजमा आफ्नो प्रभाव बढ्न सक्छ । धेरै बोल्दा समस्या आउन सक्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
सुन्दर पहिरनले व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ । पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिने छ । मिहिनेतले नाम, दाम र इनाम दिलाउने छ । बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । परिस्थितिवश कुनै काममा बढी अलमल हुनेछ । आफ्ना कमजोरी बाहिरिने समय भएकाले गोपनीयतामा ध्यान दिनुहोला । व्यापारमा राम्रो फाइदा हुनेछ ।

उपप्रा. लक्ष्मीप्रसाद बराल
(फलित ज्योतिषाचार्य) ९८४१३५२१६४

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७