‘सरकारी आतंक र गुण्डागर्दी तत्काल नरोकिए हामी प्रतिरोधमा उत्रिन्छौं’


२ भाद्र २०७४, शुक्रबार
youth 3

पहिलो चरणको स्थानीय तह निर्वाचनको तयारी तिव्र छ । केही दिन यता कतै दलहरुका कार्यकर्ताहरुबीच दोहोरो झडप भएका छन्, भने कतै दलका कार्यकर्ता र सभामाथि आक्रमण भएको छ । स्याङ्जा, दोलखा लगायतका जिल्लाहरुमा एमालेका कार्यकर्तामाथि आक्रमण भएको छ । माओवादी आक्रमणबाट दोलखामा एमालेको कार्यकताको मृत्यु भएको छ । यो आक्रमणपछि एमाले आक्रोशित बनेको छ । यही सन्दर्भमा युवा संघ नेपालका सचिवालय सदस्य दिपक जिएमसँग नयाँ पेजले गरेको कुराकानी :

youth 3

सधैंका निर्वाचनहरुमा अग्रभागमा देखिने युवा संघ यो निर्वाचनमा त चुपचाप जस्तै छ नी ?
त्यस्तो होइन, पहिलो चरणको अन्तरगतको चुनावको लागि युवा संघका हजारौं साथीहरु गाउँ, नगर र बस्तीहरुमा पुग्नुभएको छ । यो बेला विकेन्द्रीत रुपमा साथीहरु परिचालित हुनुभएको छ । अहिलेको आवश्यकता पनि त्यही हो । गाउँ-गाउँमा युवा संघका नेता तथा कार्यकर्ताहरु हुनुहुन्छ । पार्टीका उम्मेदवार, नेता तथा कार्यकर्ताहरुको सुरक्षाको साथै जनतालाई एमालेको पक्षमा उभ्याउनको लागि हाम्रो भुमिका छ । युवा संघ नेपालका नेता र कार्यकर्ताहरु यतिबेल हरेक गाउँ बस्ती र नगरको टोल टोलमा विकेन्द्रीत रुपमा खटिएको छ ।

सुरक्षाको कुरा त गर्नुभयो, तर दैनिक जसो तपाईहरुको कार्यकर्तामाथि आक्रमण भइरहेको छ नी ?
हो, हामीलाई यसले अत्यन्तै गम्भिर बनाएको छ । आक्रोशित पनि बनाएको छ । हाम्रा नेता कार्यकर्ताहरुमाथि आक्रमण भएको छ । दोलखामा हाम्रो होनाहार साथी मारिनुभयो । स्याङ्जामा खुकुरी हानिएको छ । यी घटनाहरु सामान्य होइनन् । सत्तामा बसेका पार्टीका मान्छेहरु आक्रमणमा उत्रिएका छन् । निर्वाचनमा हार्ने निश्चित भएपछि प्रहरी र प्रशासनको सहयोगमा हाम्रा साथीहरु आक्रमण भएको छ । अहिले सरकारी आतंक र गुण्डागर्दी जारी छ । यो सरकारी आतंक हो । यो श्वेत आंतक विरुद्ध लड्न हामी सक्षम छौं । तर, हामीले निर्वाचन शान्तिपूर्वक होस्, निर्वाचनमा समस्या नहोस् भनेर बढो जिम्मेवार हिसाबले संयममत अपनाएका छौं । तर, अब यस्तो आतंक बन्द नगरे हामी अब प्रतिरोधमा उत्रिन्छौं ।

भनेपछि अब तपाईहरु पनि भिड्न जाने ?
मैले अघि पनि भने हामी बढो जिम्मेदार हिसाबले लागिरहेका छौं । सरकारी सहयोगमा कांग्रेस र माओवादीका मान्छेहरुले हामीमाथि आक्रमण गर्दा समेत हामीले जिम्मेदार हिसाबले लागिरहेका छौं । हामी चहान्छौं, शान्तिपूर्ण तरिकाले निर्वाचन होस्, संविधान कार्यान्वयन होस् । मुलुक समृद्धिको बाटोमा अघि बढोस् । तर, स्यंवम् सरकारमा रहेका दलका नेताहरु प्रहरी र प्रशासनको आडमा एमालेबिरुद्ध उत्रिएका छन् । जनताबाट टाढिएपछि, निर्वाचनमा हार्ने निश्चित भएपछि आतंक सुरु गरेका छन् । बलको भरमा, पैसा र आतंक मच्चाएर चुनाव जित्ने गरी उनीहरुआएका छन् । अब पनि हाम्रा कार्यकर्ताहरुमाथि यसरी आक्रमण भए हामी चुप लागेर बस्दैनौं । हाम्रा मतदाता, नेता तथा कार्यकर्ताहरुको सुरक्षा गर्छौं ।

कसरी गर्नुहुन्छ सुरक्षा ?
उम्मेदवार, नेता तथा कार्यकर्ताहरुको सुरक्षा गर्ने जिम्मा त सरकारको थियो । तर, सरकार आफै गुण्डागर्दीमा उत्रिएको छ । अब जनताले एमालेका नेता र उम्मेदवारको सुरक्षा गर्नुपर्ने बेला आएको छ । हामी जनताको सहयोगमा एमालेका नेता, कार्यकर्ता, उम्मेदवार र मतदाताको सुरक्षा गर्छौं । इतिहास हेरे हुन्छ, एमाले विरुद्ध बहुमत पाएका कांग्रेसले आक्रमण गर्दा नै हामीले प्रतिरोध गरेका छौ । माओवादीले हाम्रो टाउकोको मोल तोकेर आंतक मच्चाउदा पनि प्रतिवाद र प्रतिरोध गरेका छौं । यो म्यादी सरकारको सहयोगमा भएको, गरिएको आक्रमणको हामी प्रतिरोध गर्छौं ।

हामीलाई बढो आश्चर्य लागेको छ, की यो बेला सरकार र प्रशासनले निर्वाचन सम्पन्न गर्नका लागि सुरक्षा दिनुपर्ने हो । सरकारमा रहेका दलहरु जिम्मेवार हुनुपर्ने हो । उनीहरु नै गुण्डागर्दीको शैलीमा उत्रिएका छन् । श्याम श्वेत आंतक जारी राखेका छन् । यो एकदमै बिडम्बनाको बिषय हो । अब उनीहरुलाई जनताले दण्डित गर्नेछन् ।

यो निर्वाचनमा युवाहरुको प्रतिनिधित्व कस्तो रह्यो, सन्तोषजनक भयो ?
जति हुनुपर्ने थियो, त्यो भएन । तर, हाम्रो पार्टी नेकपा एमालेले अधिकांस स्थानमा युवाहरुलाई स्थान दिएको छ । अधिकांस स्थानहरुमा युवाहरुको उम्मेदवारी परेको छ । कांग्रेसले जस्तो अधिकांस ५० कटेकाहरुलाई उम्मेदवार बनाएको छैन ।

युवालाई जिताउन युवा संघको के भुमिका रहन्छ ?
युवा संघले जिताउने सबै एमालेका उम्मेदवारहरुलाई हो । निश्चित रुपमा युवा साथीहरुलाई बढी सहयोग गर्ने त छदैछ । तर, पनि एमालेलेका अधिकांस उम्मेदवार युवा नै हुनहुन्छ । युवा संघको भुमिका सबै एमालेका उम्मेदवाहरुलाई जिताउनमा पहिलो भुमिका रहन्छ ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७