विधान अनुमोदन गर्न कांग्रेस बैठक बस्दै, देउवाले ‘बोली’ फेरेपछि चर्कियो विवाद


२८ माघ २०७५, सोमबार
0 Shares
congress meeting 8soNQgKUfS

काठमाडौं, २८ माघ । केन्द्रीय पदाधिकारी र सदस्य महाधिवेशन प्रतिनिधि स्वतः बन्न पाउने कि नपाउने भन्ने विवादमा अल्झिएको प्रमुख प्रतिपक्ष कांग्रेसकोे केन्द्रीय कार्यसमिति बैठक आज (सोमबार) फेरि बस्दैछ ।

congress meeting 8soNQgKUfS

बुधबारबाट शुरु भएको बैठकमा यही विषयलाई लिएर केन्द्रीय सदस्यहरुबीच विवाद चर्किएपछि लम्बिएको नेताहरुले जानकारी दिएका छन् । जिल्ला सभापतिहरुको माग बमोजिम महाधिवेशनका लागि तल्लो तहबाटै निर्वाचित हुनुपर्ने प्रावधान राख्ने प्रतिबद्धता सभापति देउवालगायतले जनाए पनि अहिले त्यसलाई उल्ट्याउन खोजेपछि कांग्रेसमा विवाद चर्किन पुगेको स्रोतले जानकारी दिएको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

महासमितिबाट पारित भएको विधान, संशोधनसहित अनुमोदन गर्न बोलाइएको केन्द्रीय समितिमा नेताहरुले आ–आफ्ना अडान नछाडेपछि विधान अनुमोदन गर्न कांग्रेसलाई सकस परेको छ । गत बुधबार र विहीबार बसेको बैठकमा पक्ष–विपक्षमा मत राखेका थिए । जसका कारण बैठक लम्बिएको थियो ।

तर, आज बस्ने बैठकले पूरानै व्यवस्थालाई कायम राख्दै विधान अनुमोदन गर्ने तयारी भइरहेको एक केन्द्रीय सदस्यले बताएका छन् । ‘सभापति नै आफ्नो प्रतिवद्धता उल्ट्याउन खोज्दै हुनुहुन्छ । यसले राम्रो पद्धतिको विकास गर्दैन’, केन्द्रीय सदस्य चन्द्र भण्डारीले भने, ‘यस्तो पराजित मानसिकता त्याग्नुपर्छ आरक्षण पनि एक पटक मात्रै दिनुपर्छ ।’

jagdamba.cement
rbbbb

तर, देउवा निकट सहमहामन्त्री डा. प्रकाशशरण महतले बैठकमा छलफल गरेर जे निष्कर्ष आउँछ त्यही निर्णय सार्वजनिक गर्ने बताए । ‘धारणा राख्न समय मागिएमा त्यस विषयमा छलफल होला, नत्र आजै बैठक सकिन्छ । नेविसंघको पनि छिनोफानो हुन्छ र विधान पनि अनुमोदन हुन्छ,’ डा. महतले बताए ।

उता नेविसंघका विषयमा पनि नेताहरुबीच फरक–फरक मत सार्वजनिक भएको छ । दुई पटक गरी पाँच महिना बढी समय थपिए पनि महाधिवेशन गर्न वर्तमान कार्यसमितिले नसकेपछि सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल समूह वर्तमान कार्यसमिति भङ्ग गर्ने पक्षमा उभिएको छ । तर सिटौला समूह भने त्यसको विपक्षमा रहँदै आएको छ । बैठक ११ बजेपछि पार्टी केन्द्रीय कार्यलयमा बस्दैछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७