डडेलधुरामा प्रभु बैंकको नव दुर्गा शाखा


२८ माघ २०७५, सोमबार
0 Shares
prabhu 1

डडेलधुरा, २८ माघ । प्रभु बैंकले ग्रामीण क्षेत्रका नागरिकसम्म बैंकिङ पहुँच वृद्धिको लक्ष्यका साथ डडेलधुरामा बैंकको शाखा सञ्चालनमा ल्याएको छ ।

prabhu 1
नवदुर्गा गाउँपालिकाका अध्यक्ष कबिन्द्र बिष्ट प्रभु बैंकको नवदुर्गा शाखा कार्यालय उद्घाटन गर्दै ।

संघीय संरचना बमोजिम गठित विभिन्न स्थानीय तहमा बैंकको पहुँच वृद्धि गर्ने लक्ष्यसहित प्रभु बैंकले डडेलधुराको नवदुर्गा गाउँपालिकामा बैंकको नव दुर्गा शाखा सञ्चालनमा ल्याएको हो । नवदुर्गा गाउँपालिकाका अध्यक्ष कबिन्द्र बिष्टले एक समारोहबीच बैंकको नवदुर्गा शाखा कार्यालय उद्घाटन गरेका छन् ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

शाखा कार्यालय उद्घाटन कार्यक्रममा डडेलधुरा जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरु, विभिन्न राजनीतिक दलका प्रतिनिधीहरु, उद्योग वाणिज्य संंघ डडेलधुराका पदाधिकारीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजीविलगायतको उल्लेख्य मात्रामा उपस्थिति थियो ।

p

कार्यक्रमका प्रमुख अतिथी नवदुर्गा गाउँपालिकाका अध्यक्ष कबिन्द्र बिष्टले प्रभु बैंकले गाउँ–गाउँमा पुगेर बैंकिङ्ग सेवा विस्तार गरेकोमा खुशी प्रकट गर्दै यस कार्यालयबाट यस क्षेत्रका सरकारी निकाय, व्यापारी, तथा आमसर्वसाधारणलाई सरल सहज रुपमा गुणस्तरीय बैंकिङ्ग सेवा उपलब्ध भएको बताएका छन् ।

jagdamba.cement
rbbbb

आइतबारदेखि सञ्चालनमा आएको बैंकको नवदुर्गा शाखा कार्यालयबाट यहाँका स्थानीय सर्वसाधारणहरु, फर्म, कम्पनी तथा संघ संस्थाहरुले बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुनेमा आफूहरु विश्वस्त रहेको बैंका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७