प्रिय नेताको विदाइमा यसरी उर्लियो जनसागर (फोटो फिचर)


१७ फाल्गुन २०७५, शुक्रबार

काठमाडौं, १७ फागुन । सँस्कृति पर्यटन तथा नागरिक उडययन्मन्त्री रविन्द्र अधिकारीको निधनसँगै सरकारले सक्षम मन्त्री गुमायो, देशले होनहार युवा नेता गुमायो तर, त्यो भन्दा ठूलो मन्त्री अधिकारीको गृह जिल्ला कास्कीले उज्यालो तारा नै गुमायो ।

pk
ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीलाई श्रद्धाञ्जलि अर्पण गर्न पोखरा प्रदर्शनी केन्द्रमा लामबद्ध भएका परिवार, आफन्तजन र शुभेच्छुकहरु । तस्वीरः रासस

कास्कीलाई पर्यटनको क्षेत्रबाट कार्यापलट गर्न सकिन्छ भनेर काम गरिरहेका नेता तथा मन्त्रीलाई छिनमै गुमाउनु पर्दा कास्कीबासीको मन कुटुक्क खाएको छ । विद्यार्थी राजनीतिदेखि मन्त्री बन्दासम्म जनताको घर–घरमा पुगेको र सुख–दुःख साटेको प्रिय नेताको मृत्युलाई अझै पत्याउन कठिन मानिरहेका छन् ।

मन्त्री अधिकारीलाई विदाइ गर्न पोखरा प्रदर्शन केन्द्रमा शव राखेको अवस्था र शव यात्राका क्रममा उर्लिएको जनलहरले गृह जिल्लामा मन्त्री अधिकारीको लोकप्रियता कति थियो भन्ने कुरा स्पष्ट पार्छ । मन्त्री अधिकारीको शव यात्रा र विदाइमा बालबालिकादेखि वृद्धवृद्धा, नेतादेखि कार्यकर्तासम्मको भीड लाग्यो ।

मन्त्री अधिकारीको विदाइमा सबैको आँशु रसाएको देख्न सकिन्थ्यो । उपस्थित नेता, कार्यकता र सर्वसाधरणले मन्त्री अहिकारीलाई कास्कीको ‘तारा’ अस्ताएको बताइरहेका छन् । उनीहरुले मन्त्री अधिकारीले कास्कीको विकासमा पुर्‍याएको योगदानको चर्चा गर्दै कास्की मात्र होइन देशलाई नै अहिले अधिकारीको अभाव खट्केको बताएका छन् । मन्त्री अधिकारीले देशको पर्यटन क्षेत्रको विकासका लागि देखेका सपना र बुनेका योजनाहरुलाई सरकारले प्राथमिकतामा राख्दै पूरा गर्नुपर्ने स्थानीयले बताएका छन् ।

pk1
ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा परी ज्यान गुमाएको छोरा रवीन्द्रप्रसाद अधिकारीलाई श्रद्धाञ्जलि अर्पण गर्दै अधिकारीकी आमा लक्ष्मी । तस्वीरः रासस
pk 2
हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर शुक्रबार पोखरा प्रदर्शनी केन्द्रमा श्रद्धाञ्जलि अर्पण गर्दै उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ । तस्वीरः रासस
pk 3
हेलिकप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीलाई श्रद्धाञ्जलि दिन शुक्रबार पोखरा प्रदर्शनी केन्द्रमा पुगेकी अधिकारीकी धर्मपत्नी विद्या भट्टराई । तस्वीरः रासस
pk4
ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीलाई श्रद्धाञ्जलि दिन पोखरा प्रदर्शनी केन्द्रमा उपस्थित उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता वामदेव गौतमलगायत सहभागीहरु । तस्वीरः रासस



pk 5
हेलिकप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको पार्थिव शरीरमा नेपाल कम्युनिष्ट पार्टीको झण्डा ओढाएर पोखरामा शुक्रबार श्रद्धाञ्जलि अर्पण गर्दै पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ र नेता बामदेव गौतम । तस्वीरः रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७