वैशाखमा चार अर्बको शेयर आउँदै, यी कम्पनीमा छानी-छानी शेयर हाल्न पाइने


२ बैशाख २०७६, सोमबार
Share Market

काठमाडौं, २ बैसाख । वैशाखमा चार अर्ब रुपैयाँ बराबरको शेयर निष्कासन हुने भएको छ । वैशाखमा एउटा सामुहिक लगानी कोष, चार प्राथमिक शेयर र दुई कम्पनीका हकप्रद गरी तीन अर्ब ९९ करोड ७९ लाख ४० हजार रुपैयाँ बराबरको शेयर निष्कासन हुनेछन् ।

Share Market

धितोपत्र बोर्डका अनुसार एक अर्ब ६४ करोड रुपैयाँ बराबरको प्राथमिक शेयर,एक अर्ब १४ करोड रुपैयाँको हकप्रद र एक अर्ब २० करोड रुपैयाँको सामुहिक लगानी कोष रहेको छ । धितोपत्र निष्कासनको तयारीमा रहेका आठ कम्पनी मध्ये पाँच कम्पनीले निष्कासन मिति समेत तय गरिसकेका छन् ।

मिति तय गरेका कम्पनीको समय समेत जुधेको छ ।सबैजसो कम्पनीले एक–दुई दिनको फरकमा शेयर बजारमा ल्याउने छन् । लगानीकर्तालाइ छनौटको अवसर प्राप्त भए पनि एकै समय परेका कारण लगानीकर्तालाई पैसाको जोहो गर्न समस्या पर्छ ।

वैशाखमा सबैभन्दा पहिले एक अर्ब २० करोड रुपैयाँ बराबरको नविल व्यालेन्स फण्ड वैशाख ५ गते सार्वजनिक हुनेछ। वैशाख ६ गतेदेखि रसुवागढी हाइड्रो पावर र सान्जेन जलविद्युत कम्पनीले शेयर निष्कासन गर्ने छन् । वैशाख ८ गते देखि नेपाल एग्रो लघुवित्त वित्तीय संस्था र वैशाख ९ गतेदेखि गणपति माइक्रोफाइनान्सले शेयर निष्कासन गर्ने छन् ।
यी कम्पनीले खुलाउँदैछन् शेयर

1 4
2 3

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७