ग्लोबल आइएमई बैंकको शाखा सिन्धुलीको माडीमा, शाखा संख्या १३७ पुग्यो


१६ बैशाख २०७६, सोमबार
1556527477Jatahi

सिन्धुली,बैशाख १६ । ग्लोबल आइएमई बैंकले प्रदेश नं। ३ को सिन्धुली जिल्लाको कमलामाई नगरपालिका वडा नं। ६ माडी बजारमा नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ ।

सिन्धुली शाखा कार्यालय थप भएसंगै बैंकको शाखा कार्यालयहरुको संख्या १३७ पुगेको छ ।सिन्धुली जिल्ला र त्यस क्षेत्रका बासिन्दालाई सेवा पुर्याउने उद्देश्यले खोलिएको शाखाले सरल तथा सुलभ तवरले सबै प्रकारका बैंकिङ्ग सेवाहरु प्रदान गर्ने बैंकले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७