ललितपुर-३ मा पम्फा भुसालले जितिन्


२३ मंसिर २०७४, शनिबार
phampha bhusal

ललितपुर : ललितपुर क्षेत्र नम्बर ३ मा वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभातर्फकी साझा उम्मेदवार पम्फा भुसाल विजयी भएकी छिन् ।phampha bhusalभुसालले २४ हजार ३६ मत ल्याएर विजयी भइन् भने उनका प्रतिद्धन्दी नेपाली कांग्रेसका उम्मेदवार मदन अमात्यले २२ हजार ३ सय २९ मत ल्याए ।
कांग्रेस जिल्ला सभापति तथा निवर्तमान सांसद समेत रहेका अमात्यले सुरुवाती १६ घण्टा अग्रता लिएका थिए । त्यसपछि लगातार अग्रता कायम गरेर भुसाल विजयी भएकी हुन् ।
नेकपा माओवादी केन्द्रकी नेतृ भुसाल २०१९ सालमा अर्घाखाँची किँम डाँडा ५ आँपखोलामा जन्मिएकी हुन्। उनी पहिलो संविधानसभा निर्वाचनमा ललितपुर ३ बाट विजयी सभासद हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७