एकै दिन १ करोड १५ लाख ९७ हजार कित्ता शेयर सूचीकृत, कसको कति सूचीकृत ?


२३ बैशाख २०७६, सोमबार
Share Market

काठमाडौं, २३ बैसाख । एकै दिन शेयर बजारमा एक करोड १५ लाख ९७ हजार ६०.२२ कित्ता बोनस शेयर सूचीकृत भएको छ ।

बोनस शेयर सूचीकृत गराउनेमा साल्ट ट्रेडिङ कर्पोरेसन, मिसन डेभलपमेन्ट बैंक, सोल्टी होटल र हिमालयन बैंक रहेका छन् ।

साल्ट ट्रेडिङको ३ लाख ७ हजार ४ सय २४ कित्ता बोनस शेयर सूचीकृत भएको छ । साल्ट ट्रेडिङले चैत्र ११ गतेको साधारणसभाले २५ प्रतिशत बोनस शेयर दिने घोषणा गरेको थियो । सोही शेयर अहिले नेप्सेमा सूचीकृत भएको हो ।

यता मिसन डेभलपमेन्ट बैंकको ५ लाख ७१ हजार २०८.२२ कित्ता बोनस शेयर सूचीकृत भएको छ । यसले ११ प्रतिशत बोनस शेयर दिएको हो । सोल्टी होटलको ६६ लाख ६१ हजार १६३ कित्ता बोनस शेयर सूचीकृत भएको छ भने हिमालयन बैंकको पनि ४० लाख ५७ हजार २६५ कित्ता बोनस शेयर सूचीकृत भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७