झक्कु सुवेदीकाे अग्रता जारी, रक्षामन्त्री दास पछ्याउँदै


२३ मंसिर २०७४, शनिबार
jhakau subadi

काठमाडाैं : क्षेत्र नं ६ मा प्रतिनिधिसभाको पछिल्लो मत परिणामअनुसार वाम गठबन्धनको अग्रता छ । गठबन्धनका झक्कु सुवेदीले १२ हजार ३०१ मत प्राप्त गरेकाे छ ।  उनका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक गठबन्धनका भीमसेनदास प्रधानले ११ हजार ६८८ मत पाएको निर्वाचन अधिकृत पुष्पराज पाण्डेले जानकारी दिए ।jhakau subadi

अहिलेसम्म २९ हजार मतगणना भइसकेको उनले बताए । तेस्रो स्थान विवेकशील साझा पार्टीले ओगटेको छ । विवेकशीलका रमेश सिलवालले दुई हजार ३९२ मत प्राप्त गरे ।
काठमाडौँ–६ को बेलुकीसम्म प्रतिनिधिसभाको मतगणना सकेर परिणाम सार्वजनिक गर्ने गरी तयारी भएको उनले बताए। यो क्षेत्रमा पर्ने तारकेश्वर र टोखा नगरपालिकाको मतगणना सकी काठमाडौँ महानगरपालिका २६, २७ र २८ को मतगणना शुरु गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यो क्षेत्रमा ४२ हजार ३९९ मत मत खसेको निर्वाचन अधिकृत पाण्डेले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७