भोजपुर प्रदेशसभा–१मा राजेन्द्र राई विजयी, अजम्बर राई काङमाङले दिए बधाई


२३ मंसिर २०७४, शनिबार
Rajedra rai and ajhambar kangmang

काठमाडौं : भोजपुर प्रदेशसभा क्षेत्र नम्बर १ मा वाम गठबन्धनका एमाले उम्मेदवार राजेन्द्र राई विजयी भएका छन् ।उनले  प्रतिस्पर्धी लाेकतान्त्रिक गठबन्धनबाट संघीय समाजवादी फोरमका उम्मेदवार अजम्बर राई काङमाङलाई ७७५६ मतान्तरले पराजित गरेका हुन् ।

Rajedra rai and ajhambar kangmang

उनले १९ हजार २ सय ९७ मत ल्याए । भने काङमाङले ११ हजार ५४१ मत ल्याए । राजेन्द्रले सुरुदेखि नै आफ्नो अग्रता कायम गरेका थिए । भोजपुरमा प्रदेश सभा दुबै निर्वाचन क्षेत्रमा एमालेले आफ्नो बर्चस्व कायम गरेको छ । यहाँ ३४ हजार ९ सय ५८ मत खसेको थियो ।

 काङमाङले दिए बधाई
कुनै बेलाका राजनीतिक सहयोद्धा राजेन्द्र राई विजयी भएपछि संघीय समाजवादी फोरम नेपालको केन्द्रीय सचिव तथा प्रतिस्पर्धी काङमाङले बधाई दिएका छन् ।
उनले सामाजिक सञ्जाल फेसबुक मार्फत बधाई दिएका हुन् । उनले लेखेका छन् , ‘हार्दिक बधाई राजेन्द्र, सफल र बिबादरहीत कार्यकालको शुभकामना ’
उनले यसैबीच भोजपुर प्रदेश (ख) मा विजयी शेरधन राईलाई पनि बधाइ दिएका छन् । राईले २० हजार ३ सय ३४ मत ल्याएर प्रतिद्वन्द्वी लोकतान्त्रिक गठबन्धनतर्फका नेपाली कांग्रेसका उम्मेद्वार गोविन्दबहादुर कार्कीले पराजित गरे । कार्कीले ७ हजार १ सय ५ मत प्राप्त गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७