यस्तो बन्यो विश्वकप क्रिकेटको आधिकारिक गीत ‘स्ट्याण्ड बाई’ (भिडियोसहित)


६ जेष्ठ २०७६, सोमबार
world cricket

काठमाडौं, ६ जेठ । ३० मे बाट शुरू हुने विश्वकप क्रिकेटको आधिकारिक गीत सार्वजनिक भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषदले प्रतियोगिताको १४ दिन अगाडि आधिकारिक गीत सार्वजनिक गरेको हो ।

विश्वको ठूलो खेल प्रतियोगितामध्येको एक यस प्रतियोगितालाई १० लाख प्रशंसकले प्रत्यक्ष रंगशालामा हेर्नेछन् भने अरबौं दर्शकले टेलिभिजनमा प्रत्यक्ष हेर्नेछन् ।

शुक्रबार प्रतियोगिताको ‘स्ट्याण्ड बाई’ बोलको गीत रिलिज गरिएको हो । यस गीतलाई नव गायक लोरिन तथा बेलायतको चर्चित ‘रूडोमेन्टल’ ले संयुक्त रूपमा तयार गरेको हो । रिलिज गीतलाई प्रशंसकहरूले रुचाएका छन् ।

३० मे मा हुने प्रतियोगितामा पहिलो खेल आयोजक इङ्ल्याण्ड र दक्षिण अफ्रिकाबीच हुनेछ । ४५ दिनसम्म चल्ने प्रतियोगितामा कूल ४८ खेल खेलिने छ । प्रतियोगिताको सेमिफाइनल ९ र ११ जुलाईमा हुनेछ भने फाइनल १४ जुलाईमा लड्सको मैदानमा खेलिने छ ।
हेर्नुस् भिडियो

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७