कट्रिनाले राखिन् सलमानलाई बिवाहको ‘प्रस्ताब’


१४ जेष्ठ २०७६, मंगलवार
Katrina Salman 2

काठमाडाैं, १४ जेठ । बलिउड स्टार सलमान खान ५३ वर्षको उमेरमा पनि अविवाहित छन् । समय समयमा बिभिन्न नायिकाहरुसँग अफेयर चले पनि त्यो प्रेमले विवाहको रुप लिन सकेको छैन ।

बलिउडमा उनको विवाहको बारेमा सधैँ चर्चा हुने गर्दछ तर ती हल्लाहरु हल्लामै सीमित हुने गर्छन् । हाल चलचित्र भारतको प्रमोसनमा व्यस्त सलमानले प्रचारप्रसारको क्रममा विवाहको बारेमा पनि बोलेका छन् । उनी भन्छन् ‘विवाहको लागि आजसम्म कसैले प्रपोज गरेको छैन ।’

चलचित्र भारतमा कट्रिनासँग स्क्रिन सेयर गरेका सलमानलाई कट्रिनाले चलचित्रमा विवाहको प्रस्ताब राखेकी छिन् । सलमान भन्छन्, ‘आफूले कहिले पनि प्रेमिकालाई क्यान्डल लाईट डिनरमा नलगेको र सायद लगेको भए विवाहको प्रस्ताब आउँथ्यो कि भन्छन् ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७