मुलपानी क्रिकेट रंगशालालाई लागि १० करोड बजेट


१५ जेष्ठ २०७६, बुधबार
Mulpani Cricket

काठमाडौं, १५ जेठ । सरकारले मुलपानी क्रिकेट रंगशालाको लागि १० करोड बजेट विनियोजन गरेको छ । आर्थिक वर्ष २०७६/०७७को बजेट संसदमा प्रस्तुत गर्दे अर्थमन्त्री युवराज खतिवडाले मुलपानी क्रिकेट रंगशालाका लागि १० करोड बजेट विनियोजन गरेका हुन् ।

सरकारले युवा तथा खेलकुद क्षेत्रमा ३ अर्ब ९९ करोड विनियोजन गरेको छ । काठमाडौं उपत्यकामा अन्तर्राष्ट्रिय खेलकुद परिसर निर्माणका लागि अध्ययन भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७