सिक्किममा ६ महिनापछि फेरि पवन चाम्लिङ युग फर्किने ‘आशा’


२२ जेष्ठ २०७६, बुधबार
Pawan chamling Sikkm

भारतको सिक्किम राज्यमा २५ वर्षसम्म मुख्यमन्त्री रहेका पवन चाम्लिङले ११ जेठ २०७६ मुख्यमन्त्री निवास मिन्तोकगाङ छोडे । समर्थकहरू आँखाभरि आँसु पार्दै सडकमा निस्किए ।

त्यसको १० दिनपछि राज्यको राजनीति चाम्लिङको व्यक्तिगत निवासमा सरेको छ । भारतमा लामो कार्यकाल चलाउने मुख्यमन्त्रीहरूमध्ये एक चाम्लिङ अहिले नाम्चीमा रहेको तल्लो घुरपेसेमा रहेको ठूलो घरमा छन् ।

उनका सुटकेस र कार्टुनहरू अझै खोलिन बाँकी छन् । दुईवटा सोफाका बीचमा मोनालिसाको आकृति टाँगिएको छ । चिया र खाजा भान्साबाट डाइनिङ हलमा आउँदैछ । टेबुलहरूमा प्याज, लसुन, आलु, स्याउ र कप भरिभराउ छन् । हालै निर्वाचित विधायक र समर्थकहरू चाम्लिङकहाँ पुगेर उनको सिक्किम डेमोक्रेटिक फ्रन्ट (एसडीएफ) को भविष्यका बारेमा कुराकानी गरिरहेका छन् । 

As Chief Minister Chamling ruled Sikkim for 25 years
तस्बिर :- दी इन्डियन एक्सप्रेस

सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) ले बढी सीट जितेको भए पनि एसडीएफभन्दा जम्मा दुई सीट कम छ । तर तीनवटा उपनिर्वाचनले अहिलेको परिदृश्यलाई परिवर्तन गर्न सक्ने एसडीएफको दाबी छ । 

‘म कहिले पनि सेवानिवृत्त हुँदिनँ । राजनीतिमा मेरो लगाव छ र म काम गरिरहन्छु । जनताले अहिले मलाई विपक्षमा राखेका छन् र म यो हैैसियतमा सेवा गर्दा खुशी छु,’ चाम्लिङले भने । 

सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) ले बढी सीट जितेको भए पनि एसडीएफभन्दा जम्मा दुई सीट कम छ । तर तीनवटा उपनिर्वाचनले अहिलेको परिदृश्यलाई परिवर्तन गर्न सक्ने एसडीएफको दाबी छ । 

वर्षौंसम्म सिक्किमको राजनीति चाम्लिङ वरिपरि नै घुमेको छ । उनी मुख्यमन्त्रीका रूपमा मात्र नभई आफ्नै साहित्यिक पत्रिका (निर्माण) मा कविता र गीत लेखेर समेत चर्चित भएका हुन् । 

चाम्लिङ सरकारको २५ वर्षमा सिक्किमको प्रतिव्यक्ति आय २.३३ लाख भारु पुग्यो जबकि भारतको औसत प्रतिव्यक्ति आय ८६ हजार ६०० भारु छ । उनको शासनमा शिशु मृत्युदर आठमा झर्‍यो जबकि राष्ट्रिय औसत (प्रत्येक हजार शिशुमा) १३० छ । देशको औसत आयु ६८.६ वर्ष हुँदा सिक्किमको ७३.१५ वर्ष छ । महिला तथा पुरुष दुवैको साक्षरता दर ९० प्रतिशतभन्दा बढी छ । सन् २०१६ मा सिक्किममा ८.०६ लाख पर्यटक पुगे जबकि त्यहाँको जनसंख्या नै ६ लाखभन्दा कम छ । सन् २०१७ मा यो संख्या ७ प्रतिशत बढ्यो र यस वर्ष सिक्किमले २० लाख पर्यटक भित्र्याउन खोज्दैछ ।

यसबाहेक सिक्किम खुला दिसामुक्त घोषणा हुने पहिलो राज्य बन्यो । सन् २०१८ मा चाम्लिङले सिक्किमलाई संसारको पूर्ण अर्ग्यानिक राज्यका लागि संयुक्त राष्ट्रसंघ खाद्य तथा कृषि संगठनको फ्युचर पोलिसी गोल्ड अवार्ड पाए ।

अब सबैका आँखा उपचुनावमा अड्केका छन् । उपचुनाव ६ महिनाभित्र हुने सम्भावना छ । एसकेएमका कुंगा लिमा लेप्चा, एसडीएफका डीटी लेप्चा र चाम्लिङ आफैंले दुई सीटबाट चुनाव लडेका थिए र एउटा छोड्नुपर्ने हुन्छ । 

यसपालिको चुनाव हारेका एसडीएफ नेता पीडी राईले भने, ‘एसकेएमले बढी सीट जितेको भए पनि एसडीएफले लोकप्रिय मत पाए । एसकेएमको भोट शेयर ४७.०३ प्रतिशत छ भने हाम्रो ४७.६३ प्रतिशत छ ।’

तैपनि एसकेएमको जीतले सिक्किममा पहिलोपटक कुनै सरकार मतदानमार्फत ढलेको देखिन्छ । सिक्किममा यसअघि दुईपटक सरकार परिवर्तन भए पनि दुवैपटक नयाँ सरकार गठन हुनुअघि बहालवाला सरकार ढल्यो । 

For years now Sikkim’s politics has revolved around Pawan Kumar Chamling

सम्मिट टाइम्सका सल्लाहकार सम्पादक पेमा वाङ्चुक मानिसहरू ‘सरकार परिवर्तन गर्ने शक्ति आफूहरूमा रहेको कुरा बल्ल बुझ्दैछन् । एसडीएफ सरकारले भयंकर ठूलो गल्ती गरेको पनि हैन । तर जनता, विशेषगरी युवा, ले अरू कुनै पनि सरकार देख्न पाएनन् र उनीहरू परिवर्तन चाहन्छन् ।’

जंग्याल दोर्जी गाङटोकमा कारका स्पेयर पार्टहरूको पसल चलाउँछन् । उनले पहिलोपटक भोट दिएका हुन् । ‘म जन्मेदेखि अहिलेसम्म यही सरकार देखिरहेको छु । मलाई त झ्याउ लागेको छ,’ दोर्जी भन्छन् । 

अब सबैका आँखा उपचुनावमा अड्केका छन् । उपचुनाव ६ महिनाभित्र हुने सम्भावना छ । एसकेएमका कुंगा लिमा लेप्चा, एसडीएफका डीटी लेप्चा र चाम्लिङ आफैंले दुई सीटबाट चुनाव लडेका थिए र एउटा छोड्नुपर्ने हुन्छ । 

एसकेएमको चुनावी अभियानलाई युवाहरूले नै डोहोर्‍याएको विश्लेषकहरूको भनाइ छ । राज्यका ४.३२ लाख मतदातामध्ये १६ प्रतिशतले पहिलोपटक मत दिँदै थिए । अनि ४० वर्षभन्दा मुनिका मतदाता ६० प्रतिशत थिए । चाम्लिङ आफैं सिक्किम देशको पहिलो तथा एकमात्र हरित राज्य भएको बताउँछन् । सरकारको यो उपलब्धिका अलावा महिला सशक्तीकरणको पनि उनी चर्चा गर्छन् । ‘हामीहरूले महिलाहरूका लागि पञ्चायतमा ५० प्रतिशत र रोजगारीमा ३३ प्रतिशत आरक्षणको व्यवस्था गरेका छौं,’ उनले भने । 

आफू सत्तामा फर्किएको भए तेस्रो लिंगी समुदायमा जोड दिने उनले बताए । ‘म राज्यमा समलिंगी विवाहको अनुमति दिन्थें, यहाँ कसैले विरोध गर्दैनथियो,’ उनी भन्छन् । 

एसकेएमका नेताहरू एसडीएफ सरकारको काम राम्रो रहेको स्वीकार्छन् । विशेषगरी महिला सशक्तीकरणको कामको उनीहरू प्रशंसा गर्छन् । ‘लगभग १० वर्षअघि सरकारले पुर्ख्यौली सम्पत्तिमा महिलाको हकसम्बन्धी नीति ल्याएको थियो । त्यो राम्रो काम थियो,’ एसकेएम मन्त्री कुंगा निमा लेप्चा बताउँछन् । तर अरू सबै चाहिँ प्रचारबाजी मात्र भएको उनको भनाइ छ । ‘सिक्किममा यत्तिका धेरै प्रांगारिक उत्पादन गराउने जमीन वा क्षमता छैन । त्यसैले यहाँ तरकारी र खाद्यान्नहरू सिलिगुडीबाट आएको पाउनुहुन्छ ।’

नयाँ मुख्यमन्त्री पीएस गोलेपछिका दोस्रा नेता मानिने लेप्चा राज्यमा बेरोजगारी दर उच्च रहेको बताउँछन् । अनि देशमै सबभन्दा बढी आत्महत्या दर यहाँ हुनुमा उनी यसैलाई दोष दिन्छन् । सन् २०१६ को आँकडाअनुसार, सिक्किममा प्रति हजार व्यक्तिमा १८१ जना बेरोजगार छन् । यहाँको आत्महत्या दर प्रति एक लाख व्यक्तिमा ३७.५ छ । 

रोजगारी सिर्जना गर्नुबाहेक एसकेएमले भ्रष्टाचार निर्मूल गर्ने प्रतिबद्धता समेत जनाएको छ । ‘चाम्लिङका नातेदार, उनका आसेपासे र एसडीएफ कार्यकर्ताले मात्र सरकारी योजनाबाट फाइदा उठाएका छन्,’ लेप्चाले भने । उनले प्रतिव्यक्ति आयको आँकडा पनि सत्य नरहेको हुनसक्ने बताएका छन् । ‘सिक्किममा गरीब अझै पनि गरीब छन् ।’

नयाँ मुख्यमन्त्री गोले एकताका एसडीएफका महत्त्वपूर्ण नेता थिए र चाम्लिङ मन्त्रिपरिषदमा सन् १९९९ देखि २००४ सम्म उद्योगमन्त्री थिए । चाम्लिङसँग मतभेद भएपछि उनले सन् २०१३ मा एसकेएम गठन गरे अनि अर्को वर्षको विधानसभामा १० सीट जिते । तर उनका दलका सात विधेयक एकपछि अर्को गर्दै एसडीएफमा गए । गोलेलाई सरकारी कोष दुरुपयोग गरेको अभियोग लगाएर विधानसभामा अयोग्य ठहर गरियो अनि कारावास पठाइयो । 

त्यसको एक वर्षपछि थुनामुक्त भएर निस्कँदा हजारौं मानिसले उनलाई स्वागत गरे । सिक्किमको इतिहासमा त्यो अहिलेसम्मकै सबभन्दा ठूलो राजनीतिक भेला मानिन्छ । 

-दी इन्डियन एक्सप्रेसबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७