४७ वर्षिय राहुल भारतीय राष्ट्रिय कंग्रेसको अध्यक्ष चुनिए


२५ मंसिर २०७४, सोमबार
rahul gandi

नयाँ दिल्ली : भारतीय राष्ट्रिय कंग्रेसले सोनिया गान्धीका छोरा राहुल गान्धीलाई नयाँ अध्यक्ष चुनेको छ। ४७ वर्षिय राहुलले आफ्नी आमा सोनिया गान्धीको नेतृत्वलाई प्रतिस्थापन गरेका हुन्।rahul gandi
कंग्रेस नेतृत्वका लागि राहुल एक्लैको उम्मेदवारी परेपछि उनी पार्टी अध्यक्षमा निर्विरोध भएका हुन्। उनले आउदो शनिबार नयाँदिल्लीमा विषेश समारोहकाबीच पदीय जिम्मेवारी सम्हाल्ने छन् ।
भारतीय काँग्रेसका कार्यकर्ताहरुले राहुल पार्टी अध्यक्षमा निर्वाचित भएपछि उनको समर्थनमा नाराबाजी गरेका थिए । कार्यकर्ताहरुले राहुल जिन्दाबाद भन्दै नारा लगाएका थिए।   राहुल विगत ५ वर्षदेखि पार्टीको उपाध्यक्ष रहँदै आएका थिए।

१३१ वर्ष लामो विरासत बोकेको कंग्रेसको शीर्ष नेतृत्व लिने राहुल गान्धी-नेहरू परिवारका छैठौं सदस्य हुन्। भारतीय जनता पार्टीको उदयसँगै कठिन समयमा रहेको बेला राहुललाई पार्टी अध्यक्ष चुनेको हो। राहुलको नेतृत्वमा कंग्रेसले पुरानोको साख फर्काउनु पर्ने चुनौती रहेको छ।
सोनिया सन् १९९८ देखि कंग्रेसको नेतृत्व सम्हालेकी थिइन्।
पुर्वानुमान अनुसार नै उनी अध्यक्षमा मनोनित  भएको घटनालाई ऐतिहासिक घटनाको रुपमा लिइएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।  पार्टीका बरिष्ठ नेता मुल्लापाली रामचन्द्रनले काँग्रेसको नेतृत्व गान्धी परिबारबाट अर्को पुस्ताले गर्न लागेको बताए ।
‘राहुल गान्धी भारतीय राष्ट्रिय काँग्रेसको अध्यक्षको रुपमा मनोनित भएको घोषणा गरिएको छ,” उनले काँग्रेस मुख्यालय नयाँदिल्लीमा पत्रकारहरुसँग भने । ‘यो ऐतिहासिक घटना हो’, उनले थपे ।
गान्धी परिवारबाट पार्टीको नेतृत्वका लागि अर्को पुस्तालाई हस्तान्तरण हुनेगरी यस्तै निर्णय हुने अपेक्षा नै गरिएको थियो ।  राहुलका पिता राजीव गान्धी, उनका पिता फिरोज गान्धी र फिरोजका पिता जवाहरलाल नेहरुले भारतको प्रधानमन्त्री  भएका थिए ।
‘धेरै बर्षदेखि म यो दिनको प्रतिक्षामा थिएँ । मेरो हर्षको सिमा छैन,’ लामो समयदेखि काँग्रेस पार्टीको सदस्य रहेका प्रेम चौधरीले भने  ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७