अवैध भरुवा बन्दुकसहित पक्राउ


१० असार २०७६, मंगलवार
gun

पाँचथर, १० असार । जिल्ला प्रहरी कार्यालय पाँचथरले अबैध भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ताप्लेजुङ फक्ताङलुङ गाउँपालिका–१, स्थायी घर भई हाल फिदिम नगरपालिका–७ बस्ने बस्ने कालीबहादुर तामाङ रहेका छन् । आइतबार राति नौ बजे नाङलापा हाङफाबुङस्थित बाटोमा बन्दुक बोकेर हिंडिरहेका तामाङलाई पक्राउ गरिएको पाँचथरका प्रहरी निरीक्षक अनिल पौड्यालले जानकारी दिए ।

तामाङलाई अस्थायी प्रहरी चौकी रानीटारको गस्ती टोलीले पक्राउ गरेको पौडेलले बताए । तामाङलाई सोमबार जिल्ला अदालत पाँचथरबाट हातहतियार तथा खरखजाना मुद्दाअन्तर्गत म्याद लिई थप अनुसन्धान शुरु गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७