पाँचथरमा श्रृङ्खलाबद्ध हत्याको कारण प्रेम र पैसा


११ असार २०७६, बुधबार
sujata tamang

पाँचथर, ११ असार । जिल्ला प्रहरी कार्यालय पाँचथरका इन्स्पेक्टर नरेन्द्र कुँवरका अनुसार पैसा बोकेर कार्यालय फर्कने क्रममा हिलिहाङ ६ स्थित जंगल बीचमा पर्ने खोल्सामा उनको हत्या भएको थियो ।

हत्यापछि उनीसँग भएको ८१ हजार ७० रुपैंया लुटिएको थियो । सुजताले पैसा बोकेर कार्यालय फर्कदै गरेको थाहा पाएका लावतीले पैसा लुट्ने उद्देश्यले धारिलो हतियार बोकेर बाटो ढुकेको खुल्न आएको छ ।

‘पैसाकै लागि सुजताको हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ’, इन्स्पेक्टर कुँवर भन्छन्, ‘सुजताले पैसा बोकेको लावतीलाई थाहा नभएको भए उनको हत्या नहुन सक्थ्यो ।’
बमबहादुर फियाकका छोरी ज्वाइँ र नातिनीको धारिलो हतियार प्रयोग गरी हत्या भएको थियो । प्रहरी अनुसन्धानले फियाककै कान्छा ज्वाई मानबहादुर माखिमले नौ जनाको हत्या गरेको पुष्टि गर्‍यो ।

अनुसन्धानमा ससुरा बमबहादुर र कान्छा ज्वाइँ मानबहादुरबीच आर्थिक लेनदेनमा कुरा नमिलेपछि किचलो शुरु भएको खुलेको थियो । सुसरा बमबहादुरले मानबहादुरलाई विदेश जान दिएको पैसा ज्वाइँले फिर्ता नगरेपछि ससुरा ज्वाईको परिवारमा तित्तता बढेको प्रहरीले जनाएको छ । अन्नपूर्ण पोष्ट दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७