ट्रम्प र किमबीच फेरिसँगै (फोटो फिचर)


१६ असार २०७६, सोमबार
8443eeea032949c99639e9904928a5c9 8443eeea032949c99639e9904928a5c9 e5391993edeb45bebf86370a7c3d8cc8
In this Sunday, June 30, 2019, photo provided by the North Korean government, North Korean leader Kim Jong Un, front left, U.S. President Donald Trump, front center, and South Korean President Moon Jae-in, front right, walk together at the border village of Panmunjom in Demilitarized Zone. The content of this image is as provided and cannot be independently verified. Korean language watermark on image as provided by source reads: “KCNA” which is the abbreviation for Korean Central News Agency. (Korean Central News Agency/Korea News Service via AP)


प्योङयाङ  : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच भेटवार्ता भएको छ ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भेट गर्ने इच्छा प्रकट गरेको भोलिपल्टै उत्तर कोरियाली नेतासँग दुई कोरियाबीचको असैनिकीकृत क्षेत्र भनिने सिमानामा दुई नेताको भेट भएको छ। जहाँ दुई नेताले आपसमा हात मिलाएको क्षणलाई ऐतिहासिक भनिएको छ।

पूर्वनिर्धारित कार्यक्रमअनुसार किम र ट्रम्पले उत्तर र दक्षिण कोरियालाई छुट्याउने असैनिकृत क्षेत्रमा हात मिलाएका थिए । त्यसपछि दुवैले सीमाक्षेत्रबाट केही कदम हिँडेर उत्तर कोरियाको भूमिमा पाइला टेकेका थिए ।

उत्तर कोरियाली भूमिमा नेता किमसँगै उभिएको क्षणलाई दुई देशबीचको कूटनीतिको सांकेतिक कोसेढुंगा मानिएको छ ।

f5b22b08e6be43f18e3e47e4d758e326 f5b22b08e6be43f18e3e47e4d758e326 51910bc51d844420b0f904fdfeacc7d1 1

4f47684b45ba43659ff5787c54bdc8d6 4f47684b45ba43659ff5787c54bdc8d6 49a75bfdc98a4f35b264109d6add45a4
 
5bd5c843b6c84002aac14499703c1e50 5bd5c843b6c84002aac14499703c1e50 faa0bcf876854331a7e3aa7a37e8b28a
 
8443eeea032949c99639e9904928a5c9 8443eeea032949c99639e9904928a5c9 e5391993edeb45bebf86370a7c3d8cc8
 

ट्रम्प उत्तर कोरियाली भूमिमा पाइला टेक्ने पहिलो अमेरिकी राष्ट्रपति बेनका छन् । उत्तर कोरियाली नेताको अनुरोधमा ट्रम्प उत्तर र दक्षिण कोरियालाई छुट्याउने रेखा पार गरेर उत्तर कोरियाली भूमिमा पुगेका हुन् । ट्रम्प २० पाइला हिँडेर उत्तर पुगेका थिए ।

अमेरिकी राष्ट्रपतिले उत्तरको भूमिमा पाइला टेक्नु ऐतिहासिक क्षण भएको किमले टिप्पणी गरे भने ट्रम्पले त्यसलाई आफ्ना लागि ठूलो गर्व भएको बताए । ‘सीमा पार गरेर कोरियाली भूमिमा पुग्नु मेरा लागि ठूलो गर्व हो,’ ट्रम्पले भने । आफूहरूबीच गहिरो मित्रता रहेको पनि ट्रम्पले बताए ।

भेटमा केही अनौपचारिक गफ भएको थियो । ‘तपाईलाई पुन भेट्न पाउँदा मलाई खुसी लागेको छ । यो स्थानमा तपाईंसँग भेट होला भनेर मैले कल्पना गरेको थिइनँ,’ ट्रम्पले किमलाई भने ।

अहिलेसम्म अमेरिकाका दुई पूर्वराष्ट्रपतिले उत्तर कोरियाको भ्रमण गरेका छन् । अहिलेसम्म पूर्वराष्ट्रपति जिम्मी कार्टर र बिल क्लिन्टनले उत्तर कोरियाको भ्रमण गरेका छन् ।

कार्टरले सन् १९९४ को जुनमा र क्लिन्टनले सन् २००९ को अगस्टमा उत्तर कोरियाको भ्रमण गरेका थिए । तर, अमेरिकाका वरिष्ठ अधिकारीहरूले यसअघि पनि उत्तरको पटक–पटक भ्रमण गरेका छन् ।

अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले चारपटक उत्तरको भ्रमण गरेका छन् भने क्लिन्टन प्रशासनका मेडलिन अलब्राइटले सन् २००० मा प्योङयाङको भ्रमण गरेकी थिइन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७