बेलायतमा ‘मेगा रेमीट’ सेवा


१९ असार २०७६, बिहीबार
1562237535Mega Remit ACE Agreement

काठमाडौँ, १९ असार । मेगा बैंक नेपाल लिमिटेडले ‘मेगा रेमीट’ सेवालाई बेलायतमा पनि विस्तार गरेको छ ।

मेगा रेमीट सेवालाई बिभिन्न देशमा विस्तार गर्ने क्रममा मेगा बैंकले बेलायतमा पनि रेमीट्यान्स कारोबार विस्तार गरेको हो ।

बेलायतस्थित अफताब करेन्सी एक्सचेन्ज (एसीई मनी ट्रान्सफर) सँगको साझेदारीमा नेपालमा रेमीट्यान्स भित्र्याउन लागेको मेगा बैंकले जनाएको छ ।

यो साझेदारीसँगै बेलायतमा रहेका नेपालीहरुलाई स्वदेशमा रकम पठाउन सहज, सुलभ र प्रभावकारी हुने मेगा बैंकको विश्वास छ ।

बेलायतबाट पठाएको रकम मेगा बैंक र मेगा बैंकका देशभर छरिएका २५ सय भन्दा बढी एजेण्टमार्फत तुरुन्तै भुक्तानी लिन सकिनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७