एनआईसी एशियाका तीन नयाँ शाखारहित बैंकिङ्ग सेवा संचालनमा


२३ असार २०७६, सोमबार
Amardaha pathari BLB photo mO06fKB31S

काठमाडौं,२३ असार । एन आई सी एशिया बैंकले एकैसाथ तीनवटा शाखारहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ ।

झापा जिल्लाको अर्जुनधारा नगरपालिका २, रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका ११ मोग्लाह र मोरङको सुनबर्षी नगरपालिका २ अमरदहमा शाखारहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको हो ।

शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीयबासीले आफ्नो गाउँमै स्थानीय प्रतिनिधिमार्फत् बैंकिङ सेवा लिन सक्नेछन् ।

शाखारहित बैंकिङ्ग सेवाबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने वा झिक्ने, मोबाइल रिचार्ज गर्ने, उपयोगी सेवा जस्तैः टेलिफोन, मोबाइल, एडिएसएल, डिस होम० को महसुल भुक्तानी गर्ने, स्वीकृत सीमाभित्र रही कर्जा कारोबार गर्ने, कर्जाको साँवा तथा ब्याज भुक्तानी गर्नसक्ने, खातामा रहेको रकमको जानकारी र संक्षिप्त बैंक स्टेटमेन्ट प्राप्त गर्न सकिने बैंकको भनाइ छ।

बैंकका देसभरि २८५ शाखा, ३ सय एटिएम, ४७ एक्स्टेन्सन काउण्टर एवं ४० वटा शाखारहित बैंकिङ इकाइ छन्।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७