‘चपली हाइट ३’ मा सौगात र श्रृष्टि


३१ असार २०७६, मंगलवार
saugat and shristi

काठमाडौं, ३१ असार । नेपाली सफल चलचित्रहरूका धमाधम सिक्वेल निर्माण भइरहेका बेला अर्को सफल चलचित्र ‘चपली हाइट’ को तेस्रो सिरिज निर्माण हुने घोषणा केही पहिल्यै थियो ।

अर्जुन कुमारको लगानीमा बन्ने चलचित्रलाई निर्देशक निकेश खड्काले निर्देशन गर्ने भएका छन् । निर्माण पक्षले चलचित्रको मङ्सिर ३० लाई रिलिज मिति तय गरेको छ ।

चलचित्रमा सौगात मल्ल र श्रृष्टि श्रेष्ठको मुख्य भूमिका रहने पक्का भएको छ । चलचित्र साउनदेखि छायाङ्कनमा जाने बताइएको छ । अघिल्ला दुई सिरिजझैँ यो सिरिज पनि नौलो कथामा निर्माण हुने निर्माता अर्जुनले बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७