दक्षिण कोरियामा नेपालको समृद्धि बिषयमा दुई दिन बहस


१ श्रावण २०७६, बुधबार
South korea program

दक्षिण कोरिया :  नेपालको समृद्धिको बिषयमा दक्षिण कोरियाका नेपालीहरुले दुईदिन बहस गरेका छन् । नेपालको समृद्धिको यात्रामा प्रवासीहरुको योगदान, सहभागिता र अवस्था बिषयमा दक्षिण कोरियामा रहेका अगुवा नेपालीहरुले छलफल गरेका हुन् ।

प्रवासी नेपाली एकता मञ्च दक्षिण कोरिया (बुसान) क्षेत्रिय कमिटीको आयोजनामा यही जुलाई १३ र १४ मा दुई दिन अन्तरक्रिया भएको हो । कार्यक्रम सहभागी वक्ताहरुले वर्तमान सरकारले सुरु गरेको समृद्धिको महाअभियानमा प्रवासी नेपाली र प्रवासी कमिटिको भूमिका महत्वपूर्ण भएको उल्लेख गरे । कार्यक्रममा प्रवास कमिटिको आबश्यकता र औचित्यको बिषयमा पनि छलफल भएको कार्यक्रम आयोजक संस्था तथा कार्यक्रम संयोजक सन्तोष बरालले बताए ।

मन्चका केन्द्रिय संयोजक परशुराम सापकोटाले प्रवासमा पार्टी कमिटीको औचित्यको बिषयमा बोलेका थिए । यसैगरी मन्चका केन्दीय सचिव दिलीप धितालले प्रवासी नेपाली एकता मञ्चको हालको सांगठानिक अबस्था र अबको कार्ययोजना प्रस्तुत गरेका थिए ।

द मिन्जु पार्टी आप्रवासी उपसमिती उपसभापति यज्ञराज सुवेदीले कोरियाको आप्रावासी कानुन, बिमा, नेपालीलाई खुक्मिनमा समावेस गराउन प्रवासी नेपाली एकता मञ्चले गर्नु पर्ने अबको पहल र कोरियाको पार्टी कमिटी सञ्चालान संरचना बिषयमा बोलेका थिए ।

यसैगरी एनआरएनए एसिया प्यासेफिक उपसंयोजक बिनोद कुँवरले नेपालमा लगानीको सम्भावना, केन्द्रीय सदस्य श्रमदीप चौलागाईले रेमिट्यान्सलाई समृद्धिको यात्रामा जोड्ने अवसर र चुनौतीका बिषयमा बोलेका थिए । केन्द्रिय सदस्य चुडामणि अधिकारी र मिना थापाले पार्टीका आन्तरिक बिषय कुरा राखेका थिए ।

केन्द्रिय सदस्य ठगेन्द्र न्यौपानले प्रवासको श्रम र सिप स्वदेशमा कसरी जोड्ने ? भन्ने बारेमा बोलेका थिएए । ‘न्यु भिजन ग्रुप’का कोरियाका संयोजक सन्जिवकुमार राईले जातिय तथा क्षेत्रिय संघ सस्था सँग प्रवासी नेपाली एकता मञ्चको सहकार्य आदनप्रदानको बिषय बोलेका थिए ।

प्रवासी नेपाली एकता मञ्च दक्षिण कोरियाका केन्द्रीय संयोजक परशुराम सापकोटाले उद्घाटन गरेको कार्यक्रममा मञ्चका केन्द्रिय सचिब दिलिप धिताल, ‘द मिन्जु पार्टी आप्रवासी’ उपसमितीका उप सभापती यज्ञराज सुवेदी उपस्थित थिए । यसैगरी एनआरएनए एसिया प्यासेफिक उप संयोजक बिनोद कुँवर, एनसिसी अध्यक्ष अन्जु केसी लगायत उपस्थित थिए ।

कार्यक्रममा मन्चका केन्द्रिय सदस्यहरु दिपक पुन, खगेन्द्र बुढा, ईश्वर कठायत, लालकाजी बस्नेत, दिपेन्द्र अधिकारी, भिम गुरुङ, लक्ष्मण पाण्डे, प्रितम गरुङ, पुरुषोतम गौतम, श्रीप्रसाद श्रेष्ठले आफ्ना भनाई राखे ।

यसैगरी मञ्चका क्षेत्रिय अध्यक्षहरु मदन उप्रेती, फारान सुवन, सचिन कार्की ‘थेजन’, सुजन ज्ञावली ‘थेगु’, कृष्ण मगर ‘इन्छन’, सन्तोष सिग्देल ‘आन्सान’, वाइबि मगर ‘सउल’, हर्क के.सी ‘गजेदो’ र उइजंबु प्रतिनधी सुन्दर पन्थीले आफ्ना राखेका थिए ।

क्रार्यक्रमको सञ्चालन बुसान कमिटीका सचिब सागर पोखरेल र स्वागत मन्तब्य टगेन्द्र राई राखे । क्रार्यक्रमको ढाचा र समय तालिकाको बारेमा बारेमा प्रसान्तराज बाँनियाले प्रस्ट पारे ।

दोस्रो दिन भएको अन्तर संगठन फुटसल प्रतियोगितामा प्रवासी नेपाली एकता मञ्च केन्द्रिय कमिटीको टिम बुसान क्षेत्रिय कमिटीको टिम र मिर्याङ को टिमलाइ हराएर प्रथम भयो ।

विजयी टिमलाई हौसला स्वरुप ५० हजार वन नगद पुरुस्कार प्रदान गरिएको थियो । पुरस्कार मन्चका संयोजक तथा सचिवले सयुक्त रुपमा केन्द्रीय कमिटीका टिम क्याप्टेन दिपेन्द्र अधिकारीलाइ हस्तान्तरण गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७