७१ हजारसहित पाँच जुवाडे पक्राउ


१३ आश्विन २०७४, शुक्रबार
Nayapage नयाँपेज नेपालकाे नम्बर . १ अनलाइन

पोखरा : इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरी टोलीले रु ७१ हजार ५५, चार थान ताससहित पाँच जुवाडेलाई बिहीबार पक्राउ गरेको छ । 

जुवा खेलेको सुराकीका आधारमा गएको टोलीले पोखरा लेखनाथ महानगरपालिका–३० पावरहाउसका जीतबहादुर केसीको घरमा जुवा खेलिरहेको अवस्थामा तिनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता खडकबहादुर खत्रीले जानकारी दिए ।

रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७