‘फर्की हेर मेरो जीवन’ का गायन नोर्देन भुटिया अब रहेनन


२१ श्रावण २०७६, मंगलवार
norden

काठमाडौं २१ साउन । द हिमालयन ब्याण्डका चर्चित गायक नोर्देन तेन्जिङ भुटियाको सोमबार निधन भएको छ ।

सन् २००६ देखि घाँटीको क्यान्सरले थला परेका उनको बेलायतको अल्डरसटस्थित निवासमा निधन भएको हो ।

सन् १९८२ मा ‘फर्की हेर मेरो जीवन’ गीतबाट आफ्नो गायिकी जीवनको शुरुवात गरेका उनका गाजलुले आँखा छोप्ने, मुसुमुसु हाँसिदेउ न लैलै, मायाले माया गाँसी देउ, फर्की हेरेँ, चिसो बतासले, मलाई धेरै धेरै माया चाहिन्छलगायतका गीत लोकप्रिय छन् ।

उनले सन् १९७१ मा बेलायती सेनामा भर्ती भएपछि सन् १९७३ मा साथीहरु विजय थापालगायतसँग मिलेर ‘हिमालय ब्याण्ड’ खोलेका हुन् । उनका दुई छोरी, एक छोरा र श्रीमती छन् । उनका गीतहरु नेपाली श्रोताले निकै रुचाउने गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७