हिस्दुस्तानले सक्यो भने नेपाललाई सिक्किम बनाउँछ, यो तथ्य हो : प्रदीप गिरी

‘नेपाली नेताहरुको समस्या अध्ययन कम, स्वार्थ सानो र बोली ठूलो’


२९ श्रावण २०७६, बुधबार
pradip giri

काठमाडौं, २९ साउन । प्रतिपक्षी नेपाली कांग्रेसका नेता प्रदीप गिरीले नेपालको सबैभन्दा ठूलो असफलता नै कूटनीति भएको औंल्याएका छन् ।

अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा नेता गिरीले नेपाली नेताहरुको समस्या अध्ययन कम, स्वार्थ सानो र बोली ठूलो हुने गरेको बताएका छन् ।
नेताहरुले हिन्दुस्तानले नेपालाई सिक्कम बनाउँछ, भुटान बनाउँछ भन्ने गरेको भन्दै उनले भने,

‘हिस्दुस्तानले सकेको दिन नेपाललाई सिक्किम बनाउँछ । यो तथ्य हो । सक्यो भने भुटान बनाउँछ, यो पनि तथ्य हो । अनि तपाईं चाहिं के गर्ने ?’

प्रदीप गिरीको विचार उनकै शब्दमा

कूटनीति के हो ? यो पहिलो समस्या त होइन नेपालले मात्र भोगेको । आर्थिक, सामरिक दृष्टिले कमजोर राष्ट्रले ठूला राष्ट्रसँग ब्यवहार गर्नुपर्ने स्थिति छ । ब्यबहार गर्ने सिद्धान्त पनि छ । ती सिद्धान्त अन्त नपढे पनि बिए, एमएमा अन्तर्रा्ष्ट्रिय सम्बन्धको विषयमा पढिन्छ । भनेको बोलेर मात्रै कूटनीतिको समस्या हल हुँदैन ।

कूटनीतिकको पहिलो सिद्धान्त हो, संसद वा विपक्षमा बस्दा यस्ता कुरा बोल्न हुँदैन, जुन भोलि सत्तामा पुगेपछि पुर्याउन नसकियोस् । भोलि सत्तामा पुग्ने सम्भावना भएको व्यक्तिले भोट लिनका लागि, प्रेसमा वाहवाही पाउनलाई यस्ता कुरा बोल्न हुँदैन, जहाँबाट आफू पछि हट्न परोस् ।

माननीय अग्नि (सापकोटा) जी हुनुहुन्छ । यो देशमा सुरुङ युद्धको कुरा भएन कि, ठूलो पर्खाल लगाउने कुरा भएन कि काँडेतारको कुरा भएन । अनि काँडेतार र सुरुङ युद्धको कुरा गर्ने प्रधानमन्त्री भएन कि । कूटनीति भनेको चुनाव लड्दा गर्ने भाषण होइन । जहाँ हुँदै नभएको खोलामा पनि पुल बनाइन्छ ।

त्यसैले मलाई लाग्छ, हाम्रो सबैभन्दा ठूलो विफलता भनेको कूटनीतिक विफलता हो । स्वार्थ अत्यन्त सानो हुन्छ । साधन सानो हुन्छ । बोली भने ठूलो हुन्छ । एकदम सहि कुरा हो । हिस्दुस्तानले सकेको दिन नेपाललाई सिक्किम बनाउँछ । यो तथ्य हो । सक्यो भने भुटान बनाउँछ । यो तथ्य हो । तपाईँ के गर्ने त ?

बारम्बार सिक्किम बनायो, भुटान बनायो भनेर त हुँदैन । चीनले तिब्बत बनायो । हिन्दुस्तानले काश्मिर खायो । दैनिक खायो खायो, तपाईँ के गर्ने त ? यो हाम्रो कूटनीतिसम्बन्धी जानकारी न्युनतम भएको कुरा यो समितिमा आएर बोध गरेको छु ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७