नुहाउँदै गरेकी बालिका सेती नदीले बगाएर बेपत्ता


१ भाद्र २०७६, आईतवार
Dubera bepatta
सांकेतिक तस्विर

डोटी, १ भदौं । सेती नदीमा आज बिहान नुहाउने क्रममा बगेर एक बालिका बेपत्ता भएकी छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लालबहादुर धामीका अनुसार दिपायल सिलगढी नगरपालिका–४ राजपुर बस्ने दीलबहादुर नेपालीको– ८ वर्षीया छोरी करिस्मा बेपत्ता भएकी हुन् । आल्के पर्व मनाउन दिपायलस्थित मामाघर आएकी ती बालिका नुहाउने क्रममा सेती नदीको बासुधारा भन्ने ठाउँबाट बगेकी थिइन् ।

उनको नेपाल प्रहरी, दिपायलस्थित जोगी बाडेमा रहेको सशस्त्र प्रहरीको ३६ नं गण तथा स्थानीयवासीले खोजी गरिरहेको उनले बताए । पानीको बहाब बढी भएको र नदी पनि धमिलो भएका कारण खोजी कार्यमा समस्या भएको दिपायलस्थित प्रहरी कार्यालयका प्रमुख कमलापति पन्तले जानकारी दिए । सेती नदीमा गएको वैशाखयता बगेर आठ बेपत्ता भएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७