२०७६ भदौं १९ गते बिहीबारको तपाईको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज आलस्य र थकानको अनुभूति हुनेछ । झुटा आरोप लाग्न सक्छ । व्यक्तिगत स्वास्थ्य र दुर्घटनाप्रति शतर्क रहनु पर्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
अरूलाई प्रभावित पारेर काम बनाउन सकिने समय छ । सहयोगीहरूले काममा साथ दिनेछन् । शुभकार्यको चर्चा चल्ने छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
गरेका काममा ढिलासुस्ती हुनेछ । आर्थिक कारोवारमा मन्दी आउने छ । सानो भूलका कारण अपमानित बन्न सक्नु हुन्छ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
वैदेशिक क्षेत्रको काम अघि बढ्ने छ । नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
मनमा देखिने अस्थिरता अधैर्यताका कारण निर्णायक क्षमतामा कमी आउने छ । दुष्ट व्यक्तिको संगतले आत्मघाती काम गर्न पुगिएल सचेत रहनु होला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । धर्म, तथा समाज सेवामा मन लाग्ने छ । चिताएको कामले तीव्रता लिनेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आदर्श ब्यक्तित्वसँगको सहकार्यले नयाँ अनुभव मिल्ने छ । शत्रु पराजित हुनेछन् । भौतिक साधन जुटाउने समय छ । श्रमको उचित मूल्याङ्कन हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
पठनपाठनका क्षेत्रबाट लाभ लिन सकिने छ । महिला वर्गबाट विशेष सहयोग मिल्ने छ । छोटो दूरीको लाभदायक यात्रा हुनेछ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
शुभ समाचार सुन्न पाइएला । नसोचेको ठाउँबाट धनागम हुनेछ । विशिष्ट व्यक्तिको सहयोग पाइने छ । प्रेममा सफलता प्राप्त हुनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
भाग्यले विभिन्न अवसर जुराउने छ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउने छ । नजिकको मित्रसँग भेटघाट हुनेछ । विपरीत वर्गप्रति आकर्षण बढ्ने छ ।
मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
नजिकको व्यक्तिको सहयोगबाट कार्य पूरा हुनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । मानसिक चिन्त बढे पनि कार्य क्षेत्रमा प्रगति हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
जोश जाँगर र हिम्मत बढ्ने छ । व्यवसाय बढाउने वा नवीन रोजगारीको अवसर आउने छ । एउटै कामबाट दोहोरो लाभ मिल्ने छ ।
ज्यो.प. नारायणप्रसाद दुलाल