हेमन्त शर्माले विष्णु माझीसँग ल्याए लोक दोहोरी


२० भाद्र २०७६, शुक्रबार
Banmara

काठमाडौं, २० भदौ । गायक हेमन्त शर्माले लोकप्रिय लोकगायिका विष्णु माझीसँग लोकदोहोरी गीत ल्याएर आाएका छन् । आधुनिक गीत–संगीतमा लोकप्रिय गायक शर्माको पहिलो पल्ट बिहिबार ‘वनमारा’’बोलको लोकदोहोरी सार्वजनिक भएको हो ।

प्रेम भाव प्रस्तुत गरिएको गायक शर्माको उक्त गीतमा याम थापा मगरको शब्द तथा संगीत रहेको छ ।
गीतको भिडियोमा नायक पुष्प खड्का, नायिका मरिस्का पोखरेलको साथमा गायक शर्मा आफैँ पनि देखिएका छन् ।

नवराज उप्रेतीले खिचेको गीतको भिडियोलाई बिकास धमलाले सम्पादन गरेका हुन् । गीतमा शिव विकको कोरियोग्राफी तथा निर्देशन छ । गीतको अडियो मात्र नभएर भिडियो पनि सुन्दर बनेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७