झाँक्रीद्वारा उपचारको बहानामा पेटमा प्वाल पारिएका राजुको मृत्यु


३१ भाद्र २०७६, मंगलवार
dead body
फाइल तस्बिर ।

धादिङ, ३१ भदौ ।
जण्डिसको उपचार गराउने भन्दै झाँक्रीले पेटमा प्वाल पारिएका राजु मगरेको मृत्यु भएको छ । नीलकण्ठ नगरपालिका ९ का राजु मगरलाई सोही नगरपालिका ३ धादिङबेसीका गजबहादुर लामाले गत भदौ १५ गते उपचार गर्ने बहानामा पेटमा ब्लेडले काटी घाइते बनाएका थिए ।

विगत दुई महिनादेखि जण्डिसबाट पीडित मगरको उपचारको क्रममा मृत्यु भएको छ । पेटमा प्वाल पारिएपछि गम्भीर भएका मगरको उपचारकै क्रममा काठमाडौंस्थित वीर अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको हो ।

यसअघि जन्डिस अन्तिम चरणमा रहेको र उपचार गर्न नसकिने भन्दै पिपुल अस्पतालले फिताए पठाएको थियो । घटना सार्वजनिक भएपछि जनप्रतिनिधिको पहलमा फेरी उपचारका लागि उनलाई वीर अस्पतालमा भर्ना गरिएको थियो। जण्डिस पनि बिग्रिएको र त्यही बेलामा झाँक्रीले पेट चिरेर गम्भीर बनाएपछि उनको मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।

झाँक्रीविरुद्ध उजुरी दिए पनि प्रहरीले उनलाई पक्राउ गरेको छैन । प्रहरीले भने खोजी भइरहेको जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७