फोटोका कारण क्यानडाका प्रधानमन्त्रीद्वारा क्षमायाचना


४ आश्विन २०७६, शनिबार
pm canada b8Imhm0EVK 1

ओटावा, ४ असोज । क्यानडाका प्रधानमन्त्री जस्टीन टु्रडयौले विगतका फोटोहरूप्रति क्षमायाचना गरेका छन् । लिवरल पार्टीका नेतासमेत रहेका ट्रुडोले निर्वाचन नजिकिदै गर्दा बिहीबार पुरानो फोटोलाई लिएर क्षमा याचना गर्नुपरेको हो ।

क्यानडामा अर्को महिना आम निर्वाचन हुन लागेको छ । उनी त्यस निर्वाचनपछि दोस्रो कार्यकाल सम्हाल्ने तयारीमा रहेका छन् । उनको पुरानो फोटोले उनले अहिले तनावमा पार्नुका साथै नैतिक दवावमा समेत पारेको समाचारमा जनाइएको छ ।

उनी २०–२१ वर्षको हुँदा खिचिएका तस्बिर हाल सार्वजनिक भएका छन् र त्यसमा उनले अनुहार तथा हातमा कालो रंग पोतेको देखिएको छ । ट्रूडोको त्यो फोटोले उनी विगतमा रंगभेदी थिए भन्ने पुष्टि गरेको विपक्षीको आरोप छ । त्यही फोटोलाई लिएर विपक्षीहरूले उनका विरुद्धमा चुनावी माहौल तयार पार्ने प्रयास गरेका छन् ।

उनले आफ्नो विद्यार्थीकालमा अभिनयका लागि ‘बिषयबस्तु’ को रुपमा प्रयोग गरेको स्वरुपलाई विपक्षीहरुले दुरुपयोग गरेको उनको भनाई छ । उनले यस्ता तस्वीर अरु पनि हुन सक्ने र त्यसबाट आफूलाई लज्जित बनाएको पनि बताएका छन् । तर तस्वीरमा देखिए जस्तो र व्याख्या गरिए जस्तो रंगभेदी आफू नभएको उनको दावी छ ।

उनले सन् २०१५ मा प्रधानमन्त्रीका रुपमा शपथ लिएपछि आफ्नो मन्त्रीमण्डलमा आधा महिला, तीन जना शिख समुदायका व्यक्ति तथा दुई जना आदिबासी समुदायका व्यक्तिलाई समावेश गरेका थिए । सिन्ह्वा

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७