‘महराको घटनालाई ढाकछोप नगरौं’


१५ आश्विन २०७६, बुधबार
Prakashman

काठमाडौं, १५ असोज । नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले सरकारले संविधानको मर्म र भावनाअनुसार काम गर्न नसकेको आरोप लगाएका छन् ।

नेपाली काङ्ग्रेस काठमाडौं क्षेत्र नं ३ ले आज यहाँ आयोजना गरेको ‘शुभकामना आदान प्रदान तथा चियापान’ कार्यक्रममा उनले सभामुखले राजीनामामा उल्लेख गरेका शब्द संविधानको मर्म विपरीत भएको बताए ।

पूर्व उपप्रधानमन्त्री सिंहले कानून सबैका लागि बराबर भएको बताउँदै अनुसन्धानमा संलग्न प्रहरीलाई दबाब र प्रभावमा नपरी चनाखो भएर अनुसन्धान गर्न आग्रह समेत गरे । अनुसन्धानको क्रममा दोषी देखिनेलाई ढाकछोप गर्न नहुने उनको भनाइ थियो ।

पार्टीका पूर्व महामन्त्री समेत रहेका सिंहले पार्टीभित्र देखिएको गुट उपगुटको अन्त्य भए मात्र पार्टी बलियो हुने उल्लेख गरे । उनले पार्टीका सबै कार्यकर्तालाई समेटेर नेतृत्वले जिम्मेवारी दिनुपर्नेमा जोड दिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७