२०७६ असोज १८ गते शनिबारको तपाईको राशिफल


१८ आश्विन २०७६, शनिबार
rasifal

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज परोपकार तथा सहयोग आदिमा पनि भूमिका निर्वाह गर्न पाइनेछ । सजिलै अरूको मन जित्न सकिने छ । भाग्यले साथ दिनेछ भने काममा सफलता हात पर्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज हर्ष र प्रसन्नताका बीचमा समय व्यतीत हुनेछ । दूरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ । रोकिएका काम पुनः शुरु हुन सक्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज उपहार पाइने दिन छ । परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको छ । मठ–मन्दिरको भ्रमणले काम सम्पन्न गर्न थप ऊर्जा प्रदान गर्नेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
कला, साहित्य तथा संगीतमा रुचि बढ्ने छ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउने छ । धार्मिक यात्राको योग रहेको छ । आफन्त रमाईलो भेटघाटपनि हुनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
तपाईंको लगनशिलतालाई भित्रभित्रै मन पराइएको अवस्था छ । अभिभावकको सुझाव मुताबिक निर्णय लिनुमै आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
धार्मिक तथा महत्वको क्षेत्रको भ्रमण हुनसक्छ । परोपकारका क्षेत्रमा लगानीको समय छ । गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनु हुनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
नाता–कुटुम्बको आगमन हुने एवम् परिवारमा नयाँ सदस्य थपिन पनि सक्ने सम्भावना छ भने कसै सैलाई परदेशी घर फर्कने र घर परिवारमा र रमाइलो वातावरण छाउने छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
वाणीमा कुशलता आउने छ । करियरको क्षेत्रमा मन मिल्ने साथीको सुझावले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ । रमाइलो यात्रा गर्ने अवसर जुट्न सक्छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
धार्मिक यात्रा गर्दा ध्यान दिनु होला बाटोमा दुःख हुन सक्छ । काम बिगार्न चाहनेहरू अगाडि बढ्न सक्छन् । स्वरोजगारीका निम्ति दौडधूप गर्नुपर्ने हुन सक्छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आफन्त, सहयोगी र मित्र वर्गको सहयोगले महत्वपूर्ण कार्य सम्पन्न हुनसक्छ । लाभदायक यात्राको सम्भावना छ । नयाँ ज्ञान सिक्ने मौका मिल्ने छ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
मान सम्मान तथा ईज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ख्याल गर्नुहोला । प्रेमी र प्रेमिकाका बीच खिन्नता बढ्ने छ । विपरीत वर्गप्रति आकर्षण बढ्ला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
व्यवसायिक क्षेत्रबाट लाभ हुने, परोपकारजन्य कार्यमा लगाव बढ्ने र धन सञ्चयको अवसर प्राप्त हुनेछ । आज हासखेल र मनोरञ्जनपूर्ण समय पनि हो ।

ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७