२०७६ असोज २० गते सोमबारको तपाईको राशिफल


२० आश्विन २०७६, सोमबार
rasifal

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
टाढा रहेका साथीभाइहरूसँग मनोरञ्जक भेटघाट हुनेछ । औपचारिकतामा अलि बढी व्यस्त रहनुपर्न सक्ने छ । मनोरञ्जनमा सहभागी भइएला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
नजिकको व्यक्तिबाट धोका पाईन सक्नेछ सचेत रहनुहोला । अभिभावकले स–साना त्रुटि औंल्याउँदा मन खिन्न हुनेछ । यात्रामा सावधानी अपनाउनु पर्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
क्षमता प्रदर्शन गर्ने क्रममा पदोन्नतिको ढोका खोलिने छ । प्रेम प्रस्ताव प्राप्त हुने सम्भावना छ । आँटेको र ताकेको कार्य पूरा होला । शुभकार्यको चर्चा चल्ने छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
अनावश्यक ठाउँमा धन खर्च हुनेछ । श्रम अनुसार फाइदा कमै होला । कार्यमा अवरोधका साथै स्वास्थ्यमा पनि प्रतिकूलता रहन सक्ने देखिन्छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज परोपकार तथा सहयोग आदिमा पनि भूमिका निर्वाह गर्न पाइने छ । वित्तीय संस्थाबाट सहयोग पाइने छ । स्वास्थ्यको भने विशेष ख्याल राख्नुपर्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
विश्वास पात्रलाई वचन दिदा संयम अपनाउनु होला । मेहनतपूर्वक गरिएको काममा अपजस आइलाग्न सक्छ । बाहिरी खानपान तथा मनोरञ्जनमा समयको ख्याल गर्नुपर्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
मनोरञ्जक क्रियाकलापमा सहभागी हुन पाइनेछ । मित्रजनबाट साथ सहयोग मिल्ने देखिन्छ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिने छ । सवारी साधन प्राप्तिको योग छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज धनको क्षेत्र सबल रहनेछ । व्यापार व्यवसायबाट पनि उन्नति नै देखिन्छ । वैदेशिक क्षेत्रमा गरिएका कार्यले अनन्तः फाइदा नै पुर्‍याउने छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउने छ । आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ । अन्योलका बीच उन्नतिको मार्ग प्रशस्त हुनेछ । धार्मिक यात्राको योग छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
होशियारीपूर्वक गरिएका कार्यबाट प्रर्याप्त आर्थिक लाभ लिन सकिने छ । अतिथिको रूपमा सत्कार पाइएला । पुरानो साथीभाइसँग भेटघाट हुनेछ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
आज परोपकार गर्नुमा नै भलो हुनेछ । भौतिक सुविधाका साधन खरिद गर्ने अवसर जुट्न सक्छ । घर परिवारमा रमाइलो वातावरण छाउने छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
धेरै समय पछि टाढिएको आफन्तसँग भेटघाट हुनेछ । धार्मिक तथा समाज सेवामा मन लाग्ने छ । अभिभावकको सुझावले उचाइमा पुर्‍याउन मद्दत गर्नेछ ।

ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७